२० लाखको दलित सामुदायिक भवन : झ्याल न ढोका

फाइल तस्वीर

अछाम, १४ चैत्र । अछामको एक दलित सामुदायिक भवन निर्माणमा व्यापक अनियमितता भएको आशङ्का गरिएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीमा निर्माण गरिएको दलित सामुदायिक भवन निर्माणमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले छनबिनको माग गरेका छन् । २० लाखको लागतमा निर्माण गरिएको २ कोठे भवनमा झ्याल र ढोका जडान गरिएका छैनन् भने भवनको भ¥याङ पनि भत्किसकेको छ ।

भवनको दुबै कोठा भित्र सोलींग गरिएको छैन भने प्लास्टर तथा ढलानमा क्युरिंग (पानी चार्ने) नगरिएको स्थानीयले बताएका छन् ।गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सहरी विकास डिभिजन कार्यालय डोटी मार्फत २० लाखको लागतमा दलित सामुदायिक भवन निर्माण योजना सम्पन्न भएको थियो ।

उपभोक्ता समिति मार्फत योजना सम्पन्न गरिएको बत्ताइए पनि योजना स्थलमा भने योजनाको कुनै पनि सूचना पाटी समेत टाँसिएको छैन । प्राविधिक मूल्याङ्कन अनुसार योजनाको पुरा रकम भुक्तानी गरिएको भएपनि प्राविधिक मुल्याँकन र योजनाको गुणस्तरमा प्रशस्त आशङ्का गर्ने ठाउँ रहेको यस क्षेत्रका जानकारहरूको दाबी छ ।स्थानीय प्रकाश ताम्राकार अध्यक्ष र कालु सुनार सचिव रहेको उपभोक्ता समिति मार्फत उक्त योजना निर्माण गरिएको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया