विप्लव नेकपाद्धारा हिमाल माथीको हमलाको घोर भत्सर्ना

जाजरकोट, १३ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) जाजरकोटका सचिवालय सदस्य हिमालमाथि बिहीबार साँझ पार्टीको सम्पर्क कार्यालय नजिक बसिरहेको अवस्थामा विनाकारण मादक पदार्थ सेवन गरेका केही व्यक्तिहरूले सांघातिक हमला गरेकोप्रति नेपाल कम्युनिष्ट पार्टी जाजरकोटले घोर भत्र्सना गरेको छ ।

(विप्लव) नेकपा जाजरकोटका सेक्रेटरी महानले एक प्रेस विज्ञप्ति जारी गरी यसरी जाँड रक्सी सेवन गरी सार्वजनिक स्थानमा गलत हर्कत गर्ने व्यक्तिहरूलाई छानबिन गरी यथाशीघ्र कारबाही गर्न सम्बन्धीत सरोकारवाला निकायसँग जोडदार माग गरिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै दोषी उपर छानबिन गरि कारबाही नभए यसको जवाफदेही स्वयं व्यक्ति हुने चेतावनी विज्ञप्तिमा छ ।

तपाईको प्रतिक्रिया