
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) केन्द्रीय कार्यालय सुर्खेतमा अख्तियारले छापा मारेको छ । नयाँ कर्मचारी भर्नाका सम्बन्धमा उजुरी परेपछि अख्तियारले विश्वविद्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।
विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई जागिर दिएको उजुरीपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।
















































। १३ चैत्र २०७७, शुक्रबार