शिवालयमा दोस्रो अध्यक्ष कप रनिङ शिल्ड सुरु

जाजरकोट, १३ चैत्र । जिल्लाको शिवालय गाउँपालिकाले स्थानिय तह स्तरिय राष्ट्रपति तथा दोस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

शिवालय गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा, सिमा जाजरकोटको आयोजनामा चैत्र १२ गते देखि प्रतियोगिता सञ्चालन गरेको हो । उक्त प्रतियोगितामा शिवालय गाउँपालिका अन्तर्गत सञ्चालातित ८ वटा माद्यामिक विद्यालयहरु मध्ये ७ वटा माविहरुले भाग लिएका छन । नेरा मावि स्यापी, सरस्वती मावि सिमा, सरस्वती मावि टाटाहुहेला, अडगदेवी मावि टुनिबजार, वीरेन्द्र मावि जुंगाथापाचौर, इन्द्रज्योती मावि थालारैकर र चन्द्रदिपक मावि नाहाडाले प्रतियोगितामा भाग लिएका छन ।

प्रतियोगितामा शिवालय वडा न.६ स्थित श्री सरस्वती मावि रोकाय जाँतले भने भाग लिएको छैन । उक्त प्रतियोगिता सफल पार्न प्रत्येक सहभागि विद्यालयका छात्र र छात्राहरु तथा उक्त विद्यालयका सबै शिक्षकहरुको पुर्ण सहभागिता रहेको छ । त्यसैगरि शिवालयका वडा न. १ देखि वडा न ९ का सबै वडा अध्यक्षहरु तथा अन्य कार्यपालिकाका सदस्यहरुको समेतको पुर्ण सहभागिता रहेको थियो ।

त्यस्तै पालिका स्थित विभिन्न राजनैतिक दलका प्रतिनिधि, शिक्षक संघ÷संगठनमा आवद्ध प्रतिनिधिहरु, प्रत्रकार बन्दु, बुद्धिजिवि, शिक्षा सरोकारवालाहरु तथा दर्शकहरुको ब्यापक सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७७ संशोधन सहितको अनुसुचि ४ अन्तर्गत रहेका खेलहरुकै प्रतियोगिता गर्न प्रत्येक कक्षा ९–१२ सञ्चालित विद्यालयहरुलाई १५ दिन अगाबै केहि शर्त सहित परिपत्र गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मानबहादुर बस्नेतले जानकारी दिए ।

उक्त प्रतियोगिता सञ्चानन गर्न जिल्ला भलिवल खेल समितिका अध्यक्ष र सचिव तथा तथा एक जना रेफ्रीको माग भए बमोजिम सहभागिता भएको थियो । खेलकुद प्रतियोगितामा शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाही तथा उपाध्यक्ष कुमारी थापाको सक्रिय सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले सात वटै विद्यालयका विद्यार्थीहरुले मार्च पास गर्दै गर्दा सलामी अर्पण गरेका थिए ।

उक्त प्रतियोगिताको लागि प्रदेश माननिय देखि जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरुलाई पत्र पठाइए पनि कार्यब्यस्तताका कारणसहभागिता नभए पछि प्रमुख आतिथ्यता अध्यक्ष नरेन्द्र कुमार शाही गरेका थिए भने कार्यक्रको अध्यक्षता उपाध्यक्ष कुमारी थापाले गरेको शाखा प्रमुख बस्नेतले बताए । उदघाटन सत्रकै दिन नै छात्रा,छात्र तर्फ ज्याभलिङ्ग थ्रो, त्यस्तै छात्र, छात्रा तर्फकै सटफुट थ्रो प्रतियोगिता तर्फका खेलहरु समापन भएका छन ।

पालिका स्थित सबै शाखा प्रमुख तथा गाउँपालिका मातहात सम्पुर्ण कर्मचारीहरुको सक्रिय सहभागितामा खेलकुख कार्यहरु भएकोमा आफु हर्षित भएको शाखा प्रमुख बस्नेतले बताए । सम्भबत जाजरकोट जिल्लालाई एक दुर्गम जिल्लाका रुपमा बुझ्ने प्रबृतिलाई यो प्रतियोगिताले खेलकुद क्षेत्रमा अबब्लता कायम गरिदिएको र कुनै सहर बजारका नाम चलेका पालिकाहरु भन्दा कमि नभएको अनुभुती भएको समेत शाखा प्रमुख बस्नेतले बताए ।

विश्व जगतनै कोभिड १९ बा प्रभावित भएकोमा आयोजकले सबै सहभागि विद्यार्थीहरु तथा सहभागि सद्स्यहरुलाई मास्क तथा सेनिटाइजरको प्रयोगमा कुनै कमि नरहेको तथा भिडभाडलाई अतिरञ्जित हुन नदिन सुरक्षाकर्मीको प्रयोग समेत गरिएको उनले जानकारी दिए । प्रतियोगिता चैत्र १२ देखि १४ गते सम्म सञ्चालन हुनेगरि कार्यातालिका प्रकाशित भएकोमा कार्य नसकिएमा एक दिन थप गरेर भएपनि प्रतियोगिता समापन गरिने शाखा प्रमुख बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया