जिल्ला अदालत जाजरकाेट परिसरबाटै भागेका एक थुनुवालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै

प्रकाश राेकाय

जाजरकाेट पश्चिमरुकुम चौरजहारी नगरपालिका–३ निबासी २२ बर्षिय लक्ष्मण राना भनिने सन्चित रानालाई प्रहरीले म्याद थप गर्न बुधबार जिल्ला अदालतमा लिएको थियो । प्रहरी अनुसन्धान गर्न म्याद थप गरीरहेको अबस्थामा अदालत परिसरबाटै भागेका रानालाई प्रहरीले लखेटी–लखेटी फुलबारी नजिकको जंगलमा पक्राउ गर्न सफल भएको थियो ।

पुनः पक्राउ भएका रानालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक यमबहादुर मल्लले जानकारी दिएका छन् । रानासंगै पश्चिम रुकुम चौरजहारी नगरपालिका–३ स्यालखोला निबासी २१ बर्षिय एङगेस बस्नेतलाई लागुऔषध नाईट्रोभेट (नाईट्रो जाम) को २ सय ९३ ट्याब्लेट सहित मंगलबार जाजरकोट भेरी नगरपालिका–११ मटेलाबाट पक्राउ गरेको प्रहरी निरिक्षक मल्लले जानकारी दिए ।

लागुऔषध नाईट्रोभेट (नाईट्रो जाम) को २ सय ९३ ट्याब्लेट सहित मंगबार पक्राउ भएका राना र बस्नेतलाई प्रहरी अनुसन्धानको म्याद थप गर्न बुधबार जिल्ला अदालतमा लिएका थियौं प्रहरी निरिक्षक मल्लले भने–‘आदलत परिसरबाटै भागेका रानालाई प्रहरीले पक्राउ गरिसकेको छ, अदालतमा पनि म्याद थप भईसकेको छ, अब प्रहरीले अनुसन्धान गर्छ, अनुसन्धान पश्चात कानुन अनुसार प्रहरीले अदालतमा मुद्धा दर्ता गर्छ ।

तपाईको प्रतिक्रिया