कालीप्रसाद थापा
बारेकोट, ११ चैत्र । जिल्लाको बारेकोट गाउँपालिकामा घाइते हिमाली गिद्द भेटिएको छ । गाउँपालिकाको वडा ५ सिलिङ्गी नजिकैको धाउखानीमा उक्त गिद्द भेटिएको हो । स्थानीय निमबहादुर शाहीको टोलीले घाइते गिद्द फेला पारेपछि लिम्सा स्थित पशुपंक्षी शाखालाई खबर गरेका थिए ।
घाइते गिद्दको पशुपंक्षी शाखामा उपचार भईरहेको पंक्षी संरक्षक गोविन्द्रबहादुर सिंहले जानकारी दिए । उपचार भईरहेको अवस्थामा गिद्दको आहारा खसीको मासु गरिने उनको भनाई छ । घाइते गिद्दको प्रजाति विश्वमा लोपउन्मुख अवस्थामा रहेका समेत संरक्षक सिहंले बताए ।


















































। ११ चैत्र २०७७, बुधबार