कार्यालय प्रमुख बस्नेत सम्मानित

जाजरकोट, ११ चैत्र । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका कार्यालय प्रमुख धर्मबहादुर बस्नेत सम्मानित भएका छन् ।

जिल्लामा रहेका खाद्य डिपोमा नियमित खाद्यान्न पु¥याएको भन्दै नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाले बस्नेतलाई सम्मान गरेका हुन् । भौगोलिक विकटता र दुर्गम मानिएको कर्णाली प्रदेशको जाजरकोटमा खाद्यान्नको सधै अभाव हुने गरेको छ । कार्यालयमा बस्नेतको आगमन भएसंगै गाउँगाउँका खाद्य डिपोमा चामल पु¥याई जनताको गासलाई सुरक्षित राखेको भन्दै सम्मान गरिएको जुनीचाँदे गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आर्चायले जानकारी दिईन् ।

No description available.

उनले भनिन्, ‘पश्चिमी जाजरकोटमा सधैँ खाद्यान्न अभाव हुने गरेको थियो, ‘यहाँका डिपोहरु सधै रित्तै हुन्थे तर बस्नेत सर आएपछि यहाँका जनतालाई खाद्यान्नमा निकै सजिलो रहेको छ ।’ पहाडी दुर्गम जिल्लामा राम्रो समन्वयात्मक भुमिका निर्वाह गरी गाउँगाउँमा खाद्यान्नको समस्या हुन नदिई एक राष्ट्रसेवक कर्मचारीले गर्नुपर्ने अतुलनीय काम गरेको भन्दै नगरपालिकाले सम्मान गरेको नलगाड नगरपालिकाका मेयर टेकबहादुर रावलले बताए ।

नयाँ खाद्यान्न डिपो थप्नुका साथै चामल आम नागरिकले उपभोग गर्न पाएका छन् । बारेकोटको घाट, चौखा घोगी, दशेरा, काउली बारेकोट,टापुचौर, विक्रीकेन्द्र घङ्गा, ताँगा,रजुतरा, दल्ली डिपोमा समयमा खाद्यान्न पु¥याउने उनी जाजरकोटमा कार्यरत एक मात्र प्रमुख हुन ।

पहिले जनताले खाद्यान्नको चामल उपभोग गर्न पाएका छैनन् भन्ने गरिन्थ्यो भने अहिले जनताले घरदैलोमा खाद्यान्न पाएको खुशी व्यक्त गरेका छन् । उनी जस्तै अन्य कर्मचारीले यस्तै काम गरे देश समृद्धि तिर जान समय लाग्ने छैन् ।

तपाईको प्रतिक्रिया