बाक्लो उपस्थितीको कार्यक्रम नगर्न प्रशासनको आग्रह

No photo description available.

जाजरकोट, ११ चैत्र । जिल्ला प्रशासन कार्यालय जाजरकोटले बाक्लो उपस्थिति रहेका कार्यक्रम नगर्न आग्रह गरेको छ । मंगलबार एक सार्वजनिक सुचना जारी गरी पछिल्लो समय कोरोनाको जोखिम बढेको भन्दै जिल्ला भित्र कुनै सभा, ¥याली, भेला, जमघट, गोष्टी, लगायतका भिडभाडका कार्यक्रम नगर्न आग्रह गरेको हो ।

भौतिक दुरी कायम गर्ने, अनिवार्य मास्कको प्रयोग गर्न र नियमित सावुन पानीले हात धुन तथा सेनिटाइजरको प्रयोग गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । उनले भने, ‘छिमेकी मुलुक भारतमा फैलिएको कोरोनाको प्रभाव नेपालमा समेत आउन सक्ने भएकोले सचेत हुन अनुरोध गरिएको हो ।’

स्वास्थ्य मन्त्रालयले समेत कोरोनाको असर नेपालमा पनि आउने भएकोले सचेत रहन आग्रह गरिसकेको छ । त्यसै अनुसार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुचना जारी गरी सचेत रहेन आग्रह गरेको प्र.जि.अ. देवकोटाद्धारा हस्ताक्षरित सार्वजनिक सुचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया