मेयर कप क्रिकेट : पुलिसविरुद्ध काठमाडौं मेयर्स-११ ले टस जित्यो

काठमाडौं : काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर्स–११ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। टियू क्रिकेट मैदान किर्तिपुरमा काठमाडौं मेयर्स– ११ ले टस जितेर फिल्डिङ रोजेको छ।

पुलिस आज तेस्रो जितको खोजीमा रहेको छ। पुलिसले यसअघि आर्मी र बागमती प्रदेशलाई पराजित गरेको थियो। पुलिस लिग चरणको अन्तिम खेलमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।

पुलिसले ३ खेलमा ४ अंक जोडेको छ। काठमाडौंको यो तेस्रो खेल हो। पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो। काठमाडौंले २ खेलमा २ अंक जोडेको छ।

तपाईको प्रतिक्रिया