फागुन २५ गते मानसिक स्वास्थ्य शिविर

जाजरकोट, २३ फागुन । जाजरकोटमा आउँदो फागुन २५ गते मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । भेरी नगरपालिका र सि.एम.सी. नेपालको समन्वयनमा उक्त शिविर सञ्चालन हुन लागेको मानसिक स्वास्थ्य सामाजिक सहजकर्ता प्रविन विकले जानकारी दिए ।

काठमाडौ देखि मानसिक रोग विशेषज्ञ डा. आर.के ठाकुर जिल्ला अस्पतालमा आउने भएका छन् । मानसिक रोग सम्बन्धी कुनै पनि समस्या भए मौकाको फाईदा लिन सबैमा अनुरोध गरिन्छ ।

निशुल्क शिविर सञ्चालन सम्बन्धी सुचना
आदरणीय समपूर्ण महानुभावहरु जाजरकोट जिल्ला भेरी नगरपालिका र सि.एम.सी. नेपाल थापाथली काठमाण्डौले समन्वय तथा सहकार्य गर्दै जाजरकोट जिल्ला अस्पतालमा निशुल्क रुपमा मानसिक स्वास्थ्य शिविर सन्चालन गर्दै आएको र मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूलाई औषधी उपचार,मनोपरामर्श उपचार सेवा दिँदै आईरहेको यहाँहरुलाई जानकारी नै छ । यसैलाई मध्ये नजर गर्दै मिति २०७७ फागुन २५ गते काठमाण्डौ देखि मानसिक रोग बिशेषज्ञ डा .आर के ठाकुर जाजरकोट जिल्ला अस्पतालमा आउने भएको हुदाँ सम्पुर्ण मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूलाई बिहान १० बजे उपस्थित भई निशुल्क सेवा लिन हुन जानकारी गराउँर्दछु । थप जानकारी को लागी मानसिक स्वास्थ्य सामाजिक कार्यकताका को मोबाईल नंम्बर ९८६७५९७३२५ र ९८१२५९६२३१ सम्पर्क गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया