जाजरकोट, २३ फागुन । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोटले संगठन सुदृढलाई निरन्तर बनाएको छ । जसअन्र्तगत आईतबार भेरी नगरपालिका ११ जगतिपुरको शंकर माद्यामिक विद्यालयमा मुल ईकाई कमिटी निर्माण गरेको छ । गोबिन्दमणि पौडेलको अध्यक्षतामा ६१ सदस्यीय समिती निर्माण गरेको छ ।
अध्यक्ष गोबिन्द मणि पौडेल, उपाध्यक्ष निम बहादुर नेपाली, उपाध्यक्ष ; करण हमाल कोषाध्यक्ष ; सुबिना शर्मा, सचीव ; दिपक आचार्य स – सचिब ; सरोज आचार्य वरिष्ठ सदस्य ; सुजिता पौडेल सदस्य उत्तर भारती सदस्य ; उरिशा जैशी रहेका छन् ।

उक्त कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले भने, ‘नत हामी यो दलाल राज्य व्यवस्थाले प्रतिबन्ध लगाउँदा आतिएका थियौँ, नत प्रतिबन्ध खोल्दा खुशी र मातिने नै छौ, हामी निरन्तर जनताको बिचमा हुनेछौ तिम्रो यो नाटक देखि हामी आतिने पनि छैन मातिने पनि छैनौ, जबसम्म देशमा जनताको जनगणतन्त्र अथवा बैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुदैन तबसम्म हामी निरन्तर जनता र शैक्षिक क्षेत्रमा प्रचुर मात्रा भएका मुद्दाहरुलाई सम्बोधन गर्ने सवालमा अग्रसर हुनेछौँ ।’
अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष बिराजन शाही, सोही संगठनका सचीव दिपेन्द्र सिंह, र संगठनकै सदस्य सितलको उपस्थितिमा संगठन निर्माण गरिएको छ ।
















































। २३ फाल्गुन २०७७, आईतवार