जुम्ला : महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको नन्दबक्स दल गणले मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको छ। गणले सेना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बिहीबार स्थानीय जुम्लाबासी र कर्मचारीबिच मैत्रीपूण फुटबल प्रतियोगिता आयोजना गरेको हो। बिहीबार १० बजेर ११ मिटेनमा सुरु भएको फुटबल प्रतियोगितामा शून्यका विरुद्ध १ गोल गर्दै जुम्लाबासी टिम विजयी भएको थियो।
जुम्लाबासी टिमका खेलाडी सुनिल थापा मगरले गरेको गोल नै विजयीको बाटो बनेको हो, भने कर्मचारी टिमले उपविजेतामै चित्त बुझायो। सहभागी सम्पूर्ण खेलाडीलाई प्रमाणपत्र दिई सम्मान गरिएको छ। जुम्लाबासी टिमलाई नेपाली सेनाले सिल्डमेडल र प्रमाणपत्र प्रदान गरेको छ। मैत्रीपूण फुटबल प्रतियोगितामा ३० वर्षभन्दा माथिका कर्मचारी र जुम्लाबासी नै खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका थिए। खेलको उद्घाटन जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख जयराज भारती, चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढथापाले संयुक्त रूपमा गरेका थिए।
नेपाली सेनाले पहिलो दिन देवलकृति दौड, तानडोरी र सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। फागुन ९ गते वीर जवानलाई रिथ लेयिग, सकल दर्जालाइ सम्बोधन र पुरस्कार प्रदान गरिने कार्यक्रमको रहेको छ। विस २०४६ सालदेखि महाशिवरात्रिलाई २ सय ५० वर्षभन्दा अघिदेखि सेना दिवसका रूपमा मनाउँदै आएको पाइएको छ। मैत्रीपूण फुटबल प्रतियोगिता कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसकारी निकायका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवि र सञ्चारकर्मीको सहभागिता थियो।
















































। ८ फाल्गुन २०७६, बिहीबार