भिजिट नेपाल २०२० शुभारम्भ सँगै रारामा पर्यटक सुनसान

खड्क सुनार , मुगु । सरकारले हालै गरेको नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तब्य मध्ये मुगुको राराताल पनि सूचीमा परेको छ ।

कर्णाली प्रदेश दुर्गम भनि परिचित जिल्ला मुगुको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा यतिबेला सुनसान अवस्थामा छ । नेपाल भ्रमण वर्ष २०७६ साल पुष १६ गते शुभारम्भ पश्चात अहिले रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन संख्यामा न्युन रहेको तथा सुनसान रहेको रारा राष्ट्यि निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।

निकुञ्जका अनुसार मुगु लगायत कर्णालीका जिल्लामा लगातार परेको बाक्लो हिमपातले गर्दा हवाई उडान देखि सडक अवरुद्ध हुनुका साथै सवारी साधन पनि सञ्चालन नआए पछि पछिल्लो समय रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा घट्दो क्रममा रहेको रारा राष्ट्यि निकुञ्जका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले बताए । उनका अनुसार अहिले नेपाल भ्रमण वर्ष शुभारम्भ यता रारामा अहिले सम्म फाटफुटमा ५ देखि १० सम्म बाह्य पर्यटक मात्र रारामा पाईलो टेकेको भण्डारीले जानकारी दिए ।

एकातिर रारामा पर्यटकको आगमन नभए पछि समग्र मुगु जिल्लाको अर्थतन्त्रमा टेवा नपुग्ने उनले बताए । गत वर्षमा यस्तो अवस्था थिएन उनले भने भ्रमण वर्ष शुभारम्भमैै यस्तो दुविदा देख्दा जिल्ला मात्र नभई समग्र कर्णाली प्रदेशमै ठुलो चोट पुग्ने उनको भनाई छ ।

रारामा भ्रमण गर्ने स्थानहरु रारा मात्र नभएर ताल वाट करिब २ घण्टाको पैदल यात्राले पुगिने सबैको ओठमा झुण्डिरहेको शब्द त्यो ठाउ हो मुर्माटप । त्यो स्थानमा पुगे पछि कर्णाली लगायत सुदुरपश्चिमका केही स्थानहरु पनि अवलोकन गर्न सकिन्छ । एकातिर यो समयमा रारा भ्रमणका लागि उपयुक्त खासै उपयुक्त नरहेको यहाका स्थानीयले बताएका छन ।  राराले खैरो, बैजनी र निलो गरी दिनमै तीन पटक सम्म रूप बदल्ने गर्दछ । यही रूपमा रमाउन

यस्तो देख्न देशका विभिन्न ठाउँबाट पर्यटक आउने गर्दछन् । समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको राराताल ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ सम्म फैलिएको छ। रारामा विश्वमा दुर्लभ असला र रेन्बो ट्राउट माछा, भ्यागुतोलगायत जलचरसहित तीन सय प्रजातिका चरा पाइन्छन्।

कस्तुरी, रातोहाब्रे (रेडपाण्डा), मृग, घोरल, भालु र रतुवा लगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य मानिएको छ ।

तपाईको प्रतिक्रिया