जिल्लाकै जेठो विद्यालय त्रिभुवनमा पूर्व विद्यार्थीले पु¥याए खानेपानी

१२ लाख उठाएर, पु¥याए खानेपानी

जाजरकोट, २० फागुन । खानेपानीको संधै समस्या भइरहने जाजरकोट सदरमुकाम खलंगाको त्रिभुवन माध्यमिक विद्यालयका लागि सोहि विद्यालयका पुर्व विद्यार्थीहरुले २४ घन्टे पिउने पानीको व्यवस्था गरिदिएका छन् । त्रिभुवन माविका विद्यार्थीहरुलाइ पिउने पानी दिऔं अभियान मार्फत पुर्व विद्यार्थीहरुले झन्डै १२ लाख रकम जुटाएर विद्यालयको खानेपानी समस्या समाधानमा योगदान सहयोग गरेका हुन् ।

पुर्व विद्यार्थीहरुको तर्फवाट पिउने पानीको चरम समस्या भोगिरहेका विद्यार्थीहरुलाइ पानीको सहज आपुर्तिको व्यवस्था गर्न उनीहरुले स्वस्फुर्त रुपमा योगदान सहयोग रकम संकलन गरेका थिए । विद्यालयका पुर्व विद्यार्थी जनक केसीको अगुवाइ र समन्व्यमा पुस ३ गते देखि सुरु भएको अभियान मार्फत निर्माण भएको पानी टंकी, धारा र इन्टेक लगाएतको खानेपानीको सम्पुर्ण संरचना र व्यवस्थापन वुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यालयलाइ हस्तान्तरण गरिएको छ ।

विद्यालयको ६८ औं वार्षिक उत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमका विच कर्णाली प्रदेश सभाका सदस्य गणेशप्रसाद सिंहले धारा खोल्ने र विद्यार्थीहरुले पानी पिउने गरेर उक्त खानेपानी योजनाको उद्घाटन गरिएको हो । यस्तै अभियानका अगुवा तथा समन्वयकर्ता जनक केसीले उक्त टंकी र धाराको साँचो विद्यालयका निमित्त प्रधानाध्यापक हरिवहादुर वस्नेतलाइ हस्तान्तरण गर्दै खानेपानी योजना विद्यालयलाइ सुम्पिएका छन् ।

धारा तथा टंकी हस्तान्तरण कार्यक्रममा वोल्दै कर्णाली प्रदेश सभाका सदस्य सिंहले विद्यार्थीहरुको खानेपानी समस्यालाइ समाधान गर्न पुर्व विद्यार्थीहरुले उदाहरणीय काम गरेको वताए । उनले सामाजिक हित कल्याणका लागि पुर्वविद्यार्थीहरुले गरेको काम र योगदान सवैका लागि प्रेरणा वनेको पनि वताए । यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनवहादुर रावलले त्रिभुवन माविका पुर्व विद्यार्थीहरुको कामवाट सवैले पाठ सिक्नु पर्ने वताए ।

उनले समाज जोड्न र समाजको समस्या हल गर्न पुर्व विद्यार्थीहरुले देखाएको उदाहरण सवैले अनुशरण गर्नु पर्ने वताए ।  विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष सनतकुमार कार्कीले पुर्व विद्यार्थीहरुले विद्यालयका लागि गरेको योगदानलाइ दिगो वनाउन विद्यालयले विशेष भुमिका गर्नु पर्ने वताए । उनले नयाँ विद्यार्थीहरु र अन्यलाइ नैतिक शिक्षा सिकाउने गरि पुर्व विद्यार्थीहरुले काम गरिदिएको वताए ।

विद्यालयका निमित्त प्रधानाध्यापक हरिवहादुर वस्नेतले विद्यालयमा चरम समस्याको रुपमा रहेको खानेपानीको समस्यालाइ पुर्व विद्यार्थीहरुले हल गरिदिएर ठुलो गुण लगाएको वताए । उनले आफुले पढेको विद्यालयका प्रति जिम्मेवारीपुर्ण भुमिका निभाइदिने योगदानकर्ता पुर्व विद्यार्थीहरुलाइ विद्यालयको तर्फवाट धन्यवाद समेत दिएका छन् ।

यस्तै, विद्यालयमा पानी आएपछि आफुहरुलाइ ठुलो राहत मिलेको विद्यार्थीहरु वताउछन् । कक्षा १२मा पढ्ने गोविन्द खड्का अव पानी माग्न होटल जान नपर्ने भएको वताउछन् । सधैं जसो पानी तिर्खा लाग्दा होटेल स्कुल वाहिर जानु पथ्र्याे अव स्कुलमै पानी आयो उनले भने ।

यस्तै कक्षा ११ की सपना घर्ती मगरले विद्यालयको छात्रावासमा वस्दा पनि पानी ल्याउन टाढा जानुपर्ने समस्या हल भएको वताइन् । अव पिउन र सरसफाइ गर्न समेत सजिलो भएको छ उनले भनिन् । आफुले पढेको विद्यालयका लागि टाढैवाट भएपनि केहि योगदान गर्न पाएको निकै सन्तोष लागेको अभियानकी योगदानकर्ता रेखा शाह कार्कीले वताइन् ।

आफु जन्मेको भुमि र पढेको स्कुलका लागि सधैं केहि गर्नुपर्छ भन्ने सोच राखेपनि समय नजुरेको वेला यो अभियानले समय जुराएको उनले वताइन् । रेखाले यो अभियानका लागि व्यक्तिगत रुपमा एक लाख सहयोग गरेकी छिन् । यस्तै, अर्का योगदानकर्ता पुर्व विद्यार्थी निर्वाचन श्रेष्ठले पनि यो अभियान मार्फत आफु पढेको विद्यालयका लागि केहि गर्न पाएकोमा निकै खुसी लागेको वताए ।

अभियानकर्ता पुर्व विद्यार्थी केसीले फेसवुकमा त्रिभुवन माविका विद्यार्थीहरुलाइ खानेपानी दिऔं नामक समुह निर्माण गरेर सुरु गरिएको उक्त अभियानमा पुर्व विद्यार्थीहरुले व्यक्तिगत रुपमा एक लाख देखि एक हजार सम्म योगदान सहयोग गरेका छन् ।

पुर्व विद्यार्थीहरुले सुरु गरेको उक्त अभियानमा १ सय २६ जना पुर्व विद्यार्थीहरु, २ जना अन्यले नगद जम्मा १० लाख ४३ हजार ६१ संकलन गरेको र जिल्ला स्थित खानेपानी कार्यालयले उक्त अभियान सफल पार्न ४ सय ५० मिटर ४० एमएमको पाइप सहयोग गरेको अभियानका समन्वयकर्ता जनक केसीले वताए ।

तपाईको प्रतिक्रिया