दमन, सङ्घर्ष र वार्ता

२०७२ साल असोज ३ गते नेपालमा सङ्घीय, समावेशी, गणतन्त्र, धर्मनिरपेक्ष जनताले निर्वाचित प्रतिनिधिको संविधान बन्यो । यसमा धेरै पार्टी, समूहका कुरा, जाति, लिङ्ग, भाषा, भूगोलका कुरा समावेश भएका छन् । म यसमा आफ्ना सबै कुरा नपर्दा नपर्दै पनि जनताद्वारा जनताका लागि बनेको भनेर हषिर्त भएँ । दीपावली गरें ।

कसैले आलोचनात्मक समर्थन गरेका छन् भने केहीले बिरोध पनि गरे । यो विरोध भित्रका मदेसी, नेकपा विप्लव र बाहिरका समेतको टाउको दुखेको छ । म २०३६ मा जन्मेको र २०३७ मा जनमत संग्रह भयो । त्यहाँ पनि फर्जी मतले पञ्चायतीलाई जिताए । यसको विरोधको स्वर बढ्दै गई वाम काङग्रेसमा एकता भई संयुक्तरूपमा २०४६ सालमा राजतन्त्र र बहुदल हुदै राजा, काँग्रेस, वाम मोर्चाका वार्ता हो ।

पहिले पञ्चायतमा पसेर खाइपल्केका काँग्रेस कम्युनिस्ट भई खाए । बहुदलीय व्यवस्था आएपछि धेरै नेता सत्तामा पुगे, देश र जनतालाई बर्से । २०४७ सालको संविधान मैले राजनीतिशास्त्र पढ्दा उतकृष्ट भनेर पढाएको हो । २०४८ सालमा संसदको निर्वाचन भयो ,नेपाली काँग्रेसको बहुमत भयो ।काँग्रेसको आपसी खिचातानीले मध्यावधि चुनावले २०५१मा नेकपा एमालेले अल्पमतको सरकार गठन भयो ।२०५२ साल फागुन १ मा जनयुद्ध भयो । यस पछि हत्याकाण्ड, सत्ताकाण्ड ,जनयुद्ध हुँदैराजा ,सातदल र माओवादीबीच १२ बुँदे सहमति भयो ।

२५० वर्षको राजतन्त्रको अवसान पछि नेपाल गणतन्त्र भएको छ । यस अवस्थामा २०६४मा एमाओवादी १२० सिटमा ठूलो भयो । यसैबाट अलग वैद्य र वैद्यबाट नेकपा विप्लव भयो ।यसलाई नेकपाले प्रतिबन्ध गरेपछि पटकपटक दमन तथा वार्ता नचलेका भने होइनन् । नेकपा सरकारमा पनि खिचातानी ,गुट, समूहले राजनीति तरल छ । नेकपा सरकार ओली र नेकपा नेत्रविक्रम चन्द विप्लवबीच वार्ता सफल रहोस । यहीँ मेरो शुभकामना ।

लेखक सुनार भेरी ज्ञानाेदय क्यापसका उपप्राध्यापक हुन् ।

तपाईको प्रतिक्रिया