जाजरकोट, १८ फागुन । पछिल्लो समय जिल्लाको शैक्षिक सुधारका लागि क्रान्तिकारी विद्यार्थी संग पहरेदार बन्दै आएको छ । विद्यालय अर्थात विद्यार्थीका मागहरु लिएर स्थानीय तहलाई घचघच्याउने काम गरिहेको छ । जाजरकोटका सरकारी विद्यालयका शिक्षकहरुले राजनिती गर्ने थलो विद्यालय भन्दै गएको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले पटकपटक घोर आपत्ती जनाउँदै आएको छ ।
जिल्लाका सात वटै स्थानीय तहमा रहेका विद्यालयको शैक्षिक सुधारका लागि पटकपटक ज्ञापनपत्र बुझाएको अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले जानकारी दिए । उनले भने, ‘यहाँका विद्यालयमा पढाउने शिक्षक राजनितीक दलका कार्यकर्ता भएकोले शैक्षिक स्थिति नाजुक बनेको छ, हामीले यी समस्या समाधानका लागि विभिन्न क्रियाकलाप गर्दै आएका छौँ ।’ जाजरकोटको शैक्षिक क्षेत्रमा राजनितीकरण भएकोले यस्ता विद्यालयलाई कारबाही गर्ने जिम्मा अखिल क्रान्तिकारीलाई दिनुपर्ने सचिव दिपेन्द्र सिंहले बताए ।
\उनले भने, ‘शैक्षिक क्षेत्रको कर्तुत हटाउन हाम्रो अभियान चलिरहेको छ, हामीलाई यहाँका आम नागरिकको साथ सहयोगको आवश्यकता छ ।’ शैक्षिक क्षेत्रमा देखिएका कमी कमजोरीले विद्यार्थीहरुको पढाईमा ठुलो घाटा लागेको समेत बताए । विद्यालय क्षेत्रमा राजनितीकरणले जिल्लाका सरकारी विद्यालयको अवस्था नाजुक बनेको छ । यस्ता समस्याहरु सबै मिलेर समाधान गर्नुपर्ने नागरिक समाजको भनाई छ । सरकारी विद्यालयमा शैक्षिक सुधारका लागि काम गर्ने र राजनितीक गर्ने थलो न बनाउनुपर्ने आवश्यक रहेको पत्रकार प्रेम विश्वकर्माले बताए ।
उनले भने, ‘विद्यालय क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि क्रान्तिकारी विद्यार्थी संगठनले गरेको काम एकदम सही छ ।’ विद्यालय शान्ती क्षेत्र हो यसलाई कसैले राजनितीकरण गर्नु हुन्न, त्यसपछि शैक्षिक क्षेत्रको गुणस्तरमा वृद्धि हुने उनले बताए ।यस्तै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोटले जिल्लाका सम्पुर्ण स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ ।
छात्राहरुलाई आत्मासुरक्षा तालिमको माग गर्दै सोमबार भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । अन्य सबै स्थानिय तहमा पनि बुझाइने जिल्ला अध्यक्ष बिराजन शाहीले जानकारी दिए ।
अहिले देशव्यापी रुपमा महिला हिंसा,बलात्कार र हत्याका घटनाहरु शृङ्खलावद्द रुपमा घटिरहेका छन् तर राज्य भने अझै जनतालाई दमन, अत्याचार, गरिरहेको भन्दै ज्ञापनपत्र बुझाएको उनको भनाई छ । आवश्यक अनुसन्धान गरि दोषीलाई कारवाही गर्नुको सट्टा गुण्डा, हत्यारा, बलात्कारी, र भ्रष्टाचारीलाई संरक्षण गरिरहेको समेत उनले बताए ।
















































। १८ फाल्गुन २०७७, मंगलवार