स्वस्थ रुपान्तरण परियोजनाको जानकारीमुलक वैठक

No description available.
जाजरकोट, १८ फागुन । नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजनाको जानकारीमुलक वैठक सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँच तारा युवा संरक्षण मञ्च, जाजरकोटद्धारा भेरी र छेडागाड नगरपालिकामा संचालित नेपाली यूवाका लागि स्वस्थ रुपान्तरण परियोजनाको जानकारीमुलक वैठक सम्पन्न भएको हो ।

No description available.

छेडागाड नगरपालिकामा गत फागुन ९ गते सम्पन्न भएको थियो भने, आईतबार भेरी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्यहरु,नगरपालिकामा कार्यरत विभिन्न शाखा प्रमुखहरु तथा अन्य सरोकारवालाहरुको बीचमा नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजनाको सन् २०२० को बार्षिक प्रगति शमिक्षा, सन् २०२१ को योजना तथा परियोजनको दिगोपनाका लागि वैठकमा छलफल गरिएको थियो ।

बार्षिक प्रगति शमिक्षा बैठकमा १५ देखि २४ बर्ष उमेरका नेपाली युवती महिलाहरुको मातृ तथा प्रजनन् स्वास्थ्यमा (शारिरीक र मानसिक रुपमा प्रजनन् सुरुवातको अबस्था देखि बैबाहिक जीवन र मातृत्वको रुपान्तरण) सुधार र समृद्धी ल्याउनु नै परियोजनाको मुख्य लक्ष्य रहेको कार्यक्रम संयोजक अस्मिता राजभण्डारीले प्रस्तुती मार्फत जानकारी दिईन् ।

परियोजनाले भेरी नगरपालिकाका १३ वडामा ४५ वटा समुह र छेडागाड नगरपालिकाका १३ वडामा ५४ समुह गरी जम्मा ९९ समुहमा काम गरिरहेको संयोजक राजभण्डारीले जानकारी दिईन् । परियोजनाले भेरी नगरपालिकामा बिबाहित १५ र अबिबाहित ३० र छेडागाड नगरपालिकामा बिबाहित २० र अबिबाहित ३४ वटा युवतिहरुको समुहमा काम गरिरहेको छ संयोजक राजभण्डारीले भनिन् –‘प्रत्येक समुहमा १५ देखि २० जना सदस्य हुन्छन्, प्रत्येक समुहमा हरेक महिनामा दुई दिन किशोर किशारी यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी परिष्कृत पाठ्यक्रममा आधारित भएर स्थानीय सहजकर्ताद्धारा पढाउने काम गरिन्छ, एक बर्षमा २४ वटा पाठहरु पढाउनु पर्ने कार्ययोजना छ, जसमा यस बर्ष हालसम्म सबै समुहमा १९ वटा पाठहरु पढाई सकिएको छ ।’

परियोजना संचालन भएको भेरी र छेडागाड नगरपालिकामा १५ देखि २४ बर्ष उमेर समुहका बिबाहित तथा अबिबाहित युवतीहरुको संख्या करिव १९ सय किशोरी तथा यूवतीहरु समुहमा आवद्ध रहेको जानकारी दिदै संयोजक राजभण्डारीले परियोजनाले सन् २०१९ मा १७ सय ५२ युवतीलाई किशोर किशारी यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धिको २४ वटा सत्र भएको पाठ्यक्रमका आधारमा शिक्षा दिई प्रशंसा पत्र सहित विदाई गरिएको बताईन् ।

२४ पाठ भएको पाठ्यक्रम शिक्षा पाउनबाट बाँकी रहेका युवतीहरुलाई परियोजनाले सन् २०२० मा पढाउने योजनामा राखिएकोले साही बमोजिम दुवै पालिकाका ९९ वटै समुह गठन गरेर परिस्कृत पाठ्यक्रमको आधारमा शिक्षा दिईरहेको बताईन् । यसका साथै दुवै पालिकाका १२ वटै स्वास्थ्य संस्थाहरुको क्षमताको विकास गरी गुणस्तरीय सेवा प्रवाहको लागि आर्थीक, प्राविधिक तथा भौतिक रुपमा सहयोग गरिएको छ ।

जसअन्र्तगत, स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मीहरुलाई एस.वि.ए, ए.एस.आर.एच, इमप्लान्ट जस्ता तालिमहरु प्रदान गरी गरिएको र कम्प्युटर,टिभी, टेवुल, दराज, कोरोना विरुद्धका सामग्रीहरु सहयोग गरिएको कुरा सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक चन्द्रसिंह सेजुवालले जानकारी दिए । साथै छेडागाड नगरपालिकाको स्वास्थ्य चौकी दशेरा र भेरी नगरपालिकाको स्वास्थ्य चौकी कुदुमा

नमुना किशोरकिशोरी मैत्री सुचना कक्षको निर्माण गरिदिएको र अन्य बाँकी स्वास्थ्य संस्थाहरुले पनि उक्त कक्षको निर्माण गरी सेवा प्रवाह गरिरहेको संयोजक सेजुवालले बताए । यसका साथै कोभिड १९ का कारण बन्दाबन्दीको वेला नियमित कार्यक्षेत्रका क्रियाकलापहरु हुन नसकेको वेला पनि रेडियो तथा स्वास्थ्य स्वंयमसेविकाहरु मार्फत जनाचेतनामुलक कामहरु गरिएको थियो ।

जसअन्र्तत पाठ्यक्रममा आधारित रहेर १२ वटा रेडियोका श्रृखलाहरु सञ्चालन गरिएको र स्वंयम सेविका मार्फत १९ सय ५७ जनालाई घरभेट गरी सुरक्षित प्रजनन् तथा मातृ स्वास्थ्यका बारेमा जनचेतना प्रदान गरिएको थियो । परियोजनाको निर्धारित समय अवधि सकिन केही समय बाँकी रहेकोले कार्यक्रम सकिए पश्चात दिपोपनका लागि सरोकारवाला तथा स्थानीय सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने योजना रहेको छ ।

यस्तै, भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले आमागी असार मसान्तमा नगर परिषद बाट बजेट विनियोजन गरी परियोजनाका कामहरुलाई नियमित गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै छेडागाड नगरपालिकाका मेयर लालबहादुर महताराले परियोजनाले एकदमै राम्रो काम गरेको र आगामी दिनमा यसलाई निरन्तता दिने बताए ।

तपाईको प्रतिक्रिया