भैँसीपालन कम हुँदा डेरी बन्द

फ्री में बन सकते हैं दूध की डेयरी के मालिक, बस करना होगा ये काम

फाइल तस्वीर

जाजरकोट, १४ फागुन । भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ लगानीअनुसारको प्रतिफल नहुने तथा दिनप्रतिदिन वनजङ्गल मासिँदै गएर चरन क्षेत्रको अभाव भएपछि पनि जिल्लाको तीन नगरपालिका र चार गाउँपालिकामा भैँसीपालन व्यवसाय पछिल्लो समयमा हराउँदै गएको छ ।

भैँसीका लागि चरन क्षेत्रको अभाव भएको कुशे गाउँपालिका– ४ का रामबहादुर थापाको भनाई छ । यातायात असुविधाले ग्रामीण भेगका किसानलाई दूध बेच्न समस्या छ । घ्यू बनाउँदा लगानीअनुसारको प्रतिफल नआउने किसान थापाको गुनासो छ । ‘डेढ दशक अघि एक कृषकका घरमा १५ भन्दा बढी भैँसीपालेका हुन्थे, तर आजभोलि एक÷दुईवटा मात्र भैँसी पालेको देखिन्छ,’ उनले भने ।

भैँसीपालनका लागि विशेष क्षेत्र मानिएको लहँ, डाँडागाउँ, ढिमे, पैक, खगेनकोट, सक्ला लगायत साविकका गाविसमा भैँसीको सङ्ख्या घट्दै गएको छ । नयाँपुस्ताका युवा विदेश पलायन तथा अन्य पेसा व्यवसायमा लागेपछि यो पेशा सङ्कटमा परेको बारेकोट गाउँपालिका पशुपक्षी शाखाका प्रमुख गोविन्दबहादुर सिंहले बताए । भैँसीपालक कृषकलाई आकर्षित गर्ने गरी स्थानीय सरकारले पनि किसानका लागि विशेष कुनै कार्यक्रम ल्याउन नसकेको किसानको गुनासो छ ।

उन्नत जातको भैँसीपालनभन्दा पनि रैथाने जातका भैँसी पालन गर्दा किसानले गरेको मिहेनतअनुसारको प्रतिफल हात नपरेको पशु चिकित्सक बताउँछन् । पशुपालक कृषकका लागि पशु आहारा, पशु स्वास्थ्य, तालीम, व्यावसायिक फार्म सुदृढीकरण र बजारीकरण कार्यक्रममा लगानी नगरेका कारण भैँसीपालन लोप हुँदै गएको देखिन्छ । व्यवसाय लोप हुँदा जिल्लामा दूध, दही तथा घ्यूको अभाव खट्किँदै गएको छ ।

पशु चौपायामा विभिन्न रोगको सङ्क्रमण हुँदा समयमै पशुपक्षी शाखाबाट कृषकले सेवा पाउन नसकेको कृषक किसानको गुनासो छ । कृषकले पशुपक्षी कार्यालयबाट कुनै सहयोग नपाएको भन्दै सिंहले गाउँघरमा पनि सेवा पु¥याउन माग गरेका छन् ।

जाजरकोटमा ५ सय कृषकले यो व्यवसाय गरेका छन् । भेरी नगरपालिकाका सात र नलगाड नगरपालिकाका दुई वटा डेरी दूधकै अभावमा बन्द भइसकेका छन् । सदरमुकाममा मुस्किलले एउटा मात्र सञ्चालनमा छ भने अन्य ठाउँमा पूरै बन्द भएको छ ।

जथाभावी भएको वन फँडानी र भैँसीपालक किसानलाई राज्यले विशेष व्यवस्था गरी आयआर्जनमा टेवा दिन सके जिल्लामा दूधको अभाव कम हुने नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ ।

तपाईको प्रतिक्रिया