शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग अन्तरक्रिया 

May be an image of 2 people and indoorप्रेम विश्वकर्मा
जाजरकोट ।   सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँगको शैक्षिक अन्तरक्रिया कार्यक्रम समापन भएको छ । भेरी नगरपालिका शिक्षा शाखाको आयोजनामा सनराइज कटेजमा कार्यक्रम गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको नेतृत्व विकास गर्ने र विद्यालयका स्रोत साधनहरुको सहि सदुपयोग तथा परिचालनमा जोड दिने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको थियो । भेरी नगरपालिकाका ५५ सामुदायिक विद्यालय मध्ये ४० विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

May be an image of 4 people, people sitting and indoor

विद्यालयको शैक्षिक गुणस्तर सुढृदिकरण एवं कार्यसम्पादन,विद्यालय दिवा खाजा,विद्यालय सञ्चालन व्यवस्थापन अनुदान,विद्यालयलाई दिइने छात्रवृति, विद्यालय व्यवस्थापन समितिको काम,कर्तव्य र जिम्मेवारी जस्ता विषयमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षण भेरी नगरपालिका शिक्षा शाखाका प्रमुख अमृत पुन र कार्यक्रमको सहजिकरण भेरी नगरपालिका शिक्षा प्राविधिक चित्र वलिले गर्नु भएको थियो ।

May be an image of 3 people, people standing and indoor

कुनै पनि राष्ट्रलाई बलियो बनाउन त्यस राष्ट्रको शिक्षा क्षेत्रलाई बलियो बनाउनु पर्ने नगर प्रमुख चन्द्र प्रकास घर्तिले बताउनु भएको थियो । समाजमा रहने पनि हामी र समाज बनाउने दायित्व पनि हाम्रा काँधमा रहेको हुनाले आफ्नो कर्तव्य निश्वार्थ पूर्वक पुरा गर्न वि व्य स अध्यक्षहरुलाई धर्तिले सुझाव दिनुभएको थियो ।

बरु हात हतियार विनाको देश चल्ने तर शिक्षा विनाको देश र समाज चल्न अुसम्भव रहेकोले नगरपालिकाले पनि शिक्षामा जोड दिने उहाको भनाइ थियो । कार्यक्रम उत्कृष्ट रहेको र यस्ता खाले कार्यक्रम आगामि दिनहरुमा पनि हुन पर्ने भे न पा १ रावतगाउ दिपेन्द्र प्रा वि का वि व्य स अध्यक्ष मधुकर नेपालीले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख चन्द्रप्रकाश घर्ती ,निमित्त प्रशासकिय अधिकृत दल बहादुर घर्ति,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया