९ फाल्गुन २०७७, आईतवार
ताजा खबर
  

केपी वलीका साइवर स्यालहरु फागुन १४/१५ सम्म सिरक भित्र बाट बाहिर आउने छैनन् : नेता खड्का

जाजरकोट, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहका जिल्ला कमिटी सचिवालय सदस्य कमानबहादुर खड्काले आगामी फागुन १४÷१५ गते सम्म केपी वलीका साइवर स्यालहरु सिरक भित्र बाट बाहिर नआउने बताएका छन् । आईतबार अखिल नेपाल महिला संघ जाजरकोटले आयोजना गरेको विरोध सभामा यस्तो बताएका हुन् ।

संविधानमा नभएको कुरा गरी देशलाई यस्तो अवस्थामा पु¥याउने केपी वली मात्र नभई उनका झोले अर्थात साईवर स्यालहरुको काम भएको समेत बताए । सर्वाेच्च अदालतको निर्णयपछि प्रचण्ड माधव समुह नै आधिकारीक नेकपा पार्टी हुने समेत घोषणा गरे ।

उनले भने, ‘अदालतको निर्णयपछि प्रचण्ड माधव समुह नै आधिकारीक नेकपा हुनेछ, त्यसपछि वलीका साईवर स्यालहरु सिरक भित्र बाट बाहिर आउने स्थिती हुने छैन् ।’ आम जाजरकोटी महिला दिदीबहिनीहरुलाई सचेत भई पार्टीको काम गर्न समेत बताएका छन् । सम्पुर्ण मुक्तिकामी महिला एक हौँ, प्रतिगमन,महिला हत्या, हिंसा र बलात्कारका विरुद्धमा विरोध प्रर्दशन कार्यक्रम गरिएको नेकपा जाजरकोटका महिला नेतृ धर्मशिला बस्नेतले बताईन् ।

विरोध कार्यक्रममा नेकपा जाजरकोटका अध्यक्ष ढकविर राणा, कृष्णा शाह, ओमा शाही, तिलकबहादुर रावत, दिनेश गौतम, धर्मशिला बस्नेत, लगायतका जिल्ला स्तरीय नेताहरुको उपस्थितीका साथै जिल्लाका सात वटै स्थानीय तहका महिला कमिटी, विद्यार्थी संगठन र यूवाहरुको उपस्थिती रहेको अनेरास्ववियू जाजरकोटका नेता धुर्वप्रसाद आचार्यले बताए ।