पुष्कर पराग चन्द
भेरी नगरपालीका ५ जाजरकोट
गजल
आखाँमा बसेको मान्छे निधारमा पनि लेखिनुपर्ने
चिसो भएको यो मुटु बरु तिम्रै हातले सेकिनुपर्ने
अपसोच भाग्यले पनि यसरी किन ठग्दो रहेछ यार,
अहिले आएर मेरो बिहे पश्चात तिमी भेटिनुपर्ने
अब भुल्छु भनेरै पसेको थे मन्दिर छेवैको भट्टीमा,
सिन्दुरपोते फुलको थाली तिम्रै हातमा देखिनुपर्ने
मेरा प्रत्येक छिया छिया अङ्गहरु छानबिन गरी हेर्दा,
बाँकी रहेछ एउटा छाती तिम्रै पाउमा टेकिनुपर्ने ।
गजल
छोडेर गएको दिन तिमिलाई कस्तो आराम लाग्यो
अरे मलाई त एक नसाको रुपमा मध्यपान लाग्यो
तिमिले मेरो प्रेम प्रस्ताव ठाडै इन्कार गरे देखि
त्यो दिन बाट मेरो जीन्दगीमा पुर्णबिराम लाग्यो
यो बैशाखमा तिम्रो बिहे अन्तै हुने खबर पाए जब,
हो न रातमा निन्द्रा लाग्यो, न दिनमा घाम लाग्यो
आखिर चाहेको मान्छे जीवनभर साथमा नरहेपछि
उपहार सम्झेर दिएको रुमाल अब के काम लाग्यो
याद भुलाउन भनेर भट्टी पसे, यार त्यसै दिन बाट,
तिम्रा तस्बिरहरु सङ्ग आफू स्वंयक अन्जान लाग्यो
। ९ फाल्गुन २०७७, आईतवार