८ फाल्गुन २०७७, शनिबार
ताजा खबर
  

प्रधानमन्त्री ओलीलाई जनताले चाँडै बालुवाटारबाट लखेटेर बालकोट पुर्याउछन्  नेता नेपालको ठोकुवा

संखुवासभा : पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा पुगेपछि समाजवाद र जनतालाई विर्सिएको आरोप लगाएका छन । नेकपा प्रचण्ड–माधव समूह संखुवासभाले संसद् विघटनविरुद्ध शनिबार सदरमुकाम खाँबदबारीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेपालले ओलीको हालत पूर्वराजा ज्ञानेन्द्र शाहाको जस्तो हुने बताउनु भयो ।

ओलीले चालेको असंवैधानिक कदमले जनताका हक अधिकार गुमेका छन नेपालले भन्नु् भयो नेपाली जनताले आन्दोलनको आँधीबेरी सिर्जना गरेर ओलीलाई बालुवाटारबाट चाँडै बालकोट पुर्याउने छन् । ओलीले चालेको असंवैधानिक कदमविरुद्ध राजनैतिक दल नागरिक समाज, बुद्धिजिवी, युवा, किसान, विद्यार्थीले आन्दोलन गरिरहेका कारण ओलीको सत्ता चाँडै ढल्ने नेता नेपालले दाबी गरर्नु भयो ।

ओलीले पार्टीभित्र तानाशाह लागु गरेपछि उहाँ सँग अलग भएको बताउँदै नेपालले आफैले सिफारिस गरेको ब्यक्तिले देश र जनतालाई धोका दिएको बताउ भयो । लामो समयको संघर्ष बलिदानबाट ल्याइएको संविधान प्रधानमन्त्री ओलीको सनकले खतरामा परेको उहाँले आरोप लगाउनु भयो । उहाँले भन्नु भयो ओलीले श्री ३ बनेर संविधान च्यात्न खोजेका हुन पार्टी बचाउन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धेरै पटक त्याग गर्नुभयो तर, सकिए । उहाँले चाँडै संसद पुर्नस्थापना हुने ठोकुवा गर्नु भएको छ ।