जाजरकोट पाँचकाटियाको करकले भीरमा ट्याक्टर दुर्घटना

जाजरकोट : पाँचकाटियाको करकले भीरमा ट्याक्टर दुर्घटना हुदा चालक र सह–चालक घाईते भएका छन् । घुमारो मोडबाट ट्याक्टर तल खसेपछि चालक र सह–चालक घाईते भएका हुन् ।

खलंगाबाट बिद्युतका पोलहरु लिएर कुशे–५ दम्दाला तर्फ जादै गरेको कर्णाली प्रदेश ०२–००१ त ००६६ नम्बरको ट्याक्टर करकलेको भीरको अन्तिम मोडबाट अन्दाजी ४० देखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । उक्त ट्याक्टरका चालक भेरी नगरपालिका–६ भेरेका ३४ बर्षिय नविन घर्ती र सह–चालक भेरी–६ तिमेलेका २१ बर्षिय डिल्लीबहादुर वुढा घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

दिउसो ३ बजेर ५० मिनेटमा दुर्घटना भएको ट्याक्टरका चालक तथा साहु नविन घर्ती सामान्य घाईते भएका छन् भने, सह–चालक डिल्लीबहादुर वुढा गम्भिर घाईते भएको प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले जानकारी दिनु भएको छ। घाईते चालक र सह–चालकलाई लिन अहिले खलंगाबाट अर्को गाडी पाँचकाटिया पठाईएको डिएसपी थापाले जानकारी दिनु भएको हो ।

 

तपाईको प्रतिक्रिया