
कालीप्रसाद थापा
बारेकोट, ६ फागुन । नेपाल सरकारद्वारा संघ, प्रदेश र स्थानीय तहहरुमा कोरोना भाइरस विरुद्ध दोश्रो चरण अन्तरर्गतको खोप सन्चालन गर्ने अभियान अनुरुप जाजरकोट जिल्लाकै उत्तरी भेगमा अवस्थित बारेकोट गाउँपालीका वडा न.२ लिम्सा स्वास्थ्य चौकीमा फाल्गुन ४ गत्ते मङलबार निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंह लाई पहिलो कोरोना विरुद्धको निशुल्क खोप लगाई उक्त खोप कार्यक्रम शुरु भइ ५ गत्ते बुधबार सप्पन्न भएको छ ।

जसअनुसार मंगलबार निजामती कर्मचारी १४, स्वास्थ्य कर्मी ५ ,नेपाल प्रहरी २०,जनप्रतिनिधि ५,कृषि बिकास शाखा र कृषि बिकास बैंकका १६ ,पत्रकार १ सहित महिला १२ र पुरुष ४६ जम्मा ६१ जनाले खोप लगाएका थिए भने बुधबार ४४ जना पुरुष र ४ जना महिला लक्षित समुका गरी जम्मा १०९ जनाले उक्त खोप लगाएका थिए ।
यो खोप लगाउदा मानसिक रुपमा डर मानेता पनि सबैले अनिवार्य लगाउनुपर्छ भन्ने बुझाई सम्पुर्ण लक्षित समुहका कर्मचारीहरुको रहेको थियो भने कसैकसैलाई टाउको दुख्ने,बान्ता हुने जस्तो,शरीर दुख्ने लक्षण देखिएको जानकारी शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर मल्ल, पालिका उपाध्यक्ष ओमा शाहीले लगाएत दर्जनौंले बताएका थिए ।
जम्मा २ सय ८ भाइल खोप मध्य र अर्को चरणमा शिक्षक र सर्बसाधरणलाई समेत यो खोप आउने बिश्वास रहेको बारेकोट स्वास्थ्य शाखाका संयोजक वीरराज सिंहले जानकारी दिनुभएको थियो । वास्तवमा यो खोपको लक्ष्य भनेको प्रतिरक्षात्मक शक्ति बढाउन दिएको हो । जसमा प्रतिरक्षात्मक शक्ति कम हुन्छ उसलाई हल्का समस्या देखिनु स्वाभाविक रहेको डाक्टरहरुको भनाई छ ।
















































। ६ फाल्गुन २०७७, बिहीबार