यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई

May be an image of 1 person

जाजरकोट, ४ फागुन । यदु गौतम प्रतिष्ठानले यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार वीरबहादुर गिरीलाई प्रदान गर्ने भएको छ । पुरस्कार छनोट समितिको मंगलबार बसेको बैठकले उनलाई पुरस्कार अर्पण निर्णय गरेको हो ।

समितिका संयोजक सूर्य थापाको संयोजकत्वमा बसेको बैठकले पत्रकार गिरीलाई पुरस्कार दिने निर्णय गरेको समितिका सदस्य सचिव रुद्र खड्काले जानकारी दिए । मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष सो प्रदान गरिने सो पुरस्कारको राशी रु १५ हजार सहित प्रमाणपत्र रहेको छ । जाजरकाेटमा  लामो समयदेखि पत्रकारीता गरिएका गिरी बारेकोट गाउँपालिका २ मा जन्मिएका हुन् ।जाजरकोटको राजनिती,पर्यटन, शिक्षा, स्वास्थ्य, लगायतका क्षेत्रमा गिरीले कलम चलाईरहेका छन् । उनी अहिले नेपाल टेलिभिजन, राजधानी दैनिकमा कार्यरक्त छन ।

साथै प्रेस संगठन नेपाल कर्णाली प्रदेशको ईन्जार्च समेत हुन् । गत वर्ष पत्रकार मनिषा केसीलाई सो पुरस्कार प्रदान गरिएको थियो । तत्कालीन नेकपा एमालेका सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो । पुरस्कार यही फागुन २१ मा वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया