जनयुद्ध दिवस : द्धन्द्ध पीडितको दर्द, रोकिएनन् आँसु, पुरिएनन् घाउ

राहत पाउने आशामा पीडित परिवार

जनयुद्धका सहिदहरुकाे स्मृितीमा निर्माण गरिएकाे भवन रिम्ना, जाजरकाेट । तस्वीर
कालीबहादुर नेपाली
जाजरकोट २ फागुन । २०५२ फागुन १ गते देशमा सुरु भएको शशस्त्र द्धन्द्धमा परी म टुहुरो भएँ । ‘मैले मेरो बुबालाई त्यो दिनदेखि कहिल्यै देख्न पाईन्, बुबालाई किन र कस्ले बेपत्ता पारे अहिलेसम्म पत्ता लागेको छैन्, छेडागाड नगरपालीका १३ का मानबहादुर बुढाले आँखाभरी आँसु पार्दै भने’ बुबा गुमाउनुको पिडालाई कहिल्यै भुल्न सक्दिन ।

सरकारले बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग गठन गरी पिडित परीवारलाई राहत दिने घोषणा गरेको लामो समय भैसक्यो तर मेरो परीवारले आजसम्म राज्यको तर्फबाट केही पाएका छैनौँ । देशमा बेपत्ता पारीएका ब्यक्तिको छानविन आयोग पटकपटक गठन गरी पीडित परीवारलाई पटकपटक फर्म भर्न लगाएपनि वास्तविक पीडितलाई कुनै राहत नदिएको भन्दै उनले गुनासो गरे । मैले बुबालाई गुमाएपछि घरमा बिभिन्न समस्या आयो ।

बेपत्ता पारीएका ब्यक्तीको परीवारलाई सरकारले दिने भनेको राहत पाउने आशमा तीनपटकसम्म फर्म भरीसकेँ । तर, सरकारले अहिलेसम्म केही दिएको छैन् । २०५३ साल असार ५ गते भारतमा धन कमाएर फर्कन्छु भनेर गएका दाई नत घर फर्कीए नत कुनै अत्तोपत्तो छ । सँगै हुर्हीएका दाईलाई सम्झदा मन भक्कानीएर आउँछ । जुनिचाँदे ४ का दलबहादुर रोकाले गुनासो गर्दै भने, सरकारले बेपत्ता पारीएका ब्यक्तिको परीवारलाई राहत दिने भनेको छ तर पनि अहिलेसम्म हामीले केहीपनि पाएको छैन् ।

नेपालमा भएको द्धन्द्धमा बिपक्ष नेकपा माओवादी पार्टी अहिले सरकारमा गईसकेकाले पनि पीडित परीवारले राहत पाउन असजिलोे भएको भन्दै उनले गुनासो गरे । सरकार र बेपत्ता पारिएका ब्यक्तिको छानवीन आयोगका कर्मचारीहरुको ढिलासुस्तीका कारणले अहिले म जस्तै हजारौँ पिडित परीवारहरुले कहिबाट पनि कुनै राहत पाउन सकेका छैनन् ।

छेडागाड नगरपालीका ८ का गगनबहादुर गिरीले दुख मान्दै भने, द्धन्द्धमा मैले मेरो हजुरबुबालाई २०५४ सालमा गुमाउन बाध्य भएँ । उहाँहरु बेपत्ता पार्नेलाई कारवाही त के हामी पिडित परीवारलाई कुनै राहत पनि दिईएको छैन् । वेपत्ता परिवार संगै घाइते तथा अपांग व्यक्तिहरुको अवस्था समेत गम्भीर रहेको अपांग जनयुद्ध घाइतेको संस्था जाजरकोटका अध्यक्ष तीलक बहादुर रावतले बताए ।

उनले भने, ‘जिल्लामा ३ सय भन्दा बढी जनयुद्धका घाइते छन उनीहरु सरकारले राहत दिएला भन्दै पर्खेका छन, जनयुद्ध सकिएको १९ बर्ष पुरा भयो तर घाइते परिवारले राहत पाएका छैनन ।’ शसस्त्र जनयुद्धका वेला देश परिवर्तनका लागी युद्धमा हुम्मेका योद्धाहरुको पिडा अहिले सुन्नै नसकिने छ । तत्कालिन नेकपा माओवादीले थालेको शसस्त्र जनयुद्धको केन्द्रका रुपमा पनि जाजरकोटलाई लिने गरिन्छ ।

२०५२÷०५३ साल देखि २०६२÷०६३ सम्म यहाँका धेरैले ज्यान गुमाए । धेरै परिवार विस्थापित भए । धेरै जना अहिले पनि घाइते छन् । तर सरकार फेरियो , युद्धमा हुम्मिएका धेरै परिवारको जीवन फेरिएन । परिवर्तनका लागि युद्धमा लडेका लडाकुहरुको जीवन त फेरिएन कसरी फेरिन्छ साधारण जनताको जीवन ? यो प्रश्न अहिले सबैको मनमा उब्जिएको छ । २०६२÷०६३ सालको जनआन्दोलन पछि तत्कालिन नेकपा माओवादी पार्टी सरकारमा गयो ।

जनयुद्धमा विस्थापित र घाइतेका परिवारका लागि मलम पट्टी त लगायो उनीहरुको पिडा निर्मुल पार्ने कुनै काम गरेन । देशमा पटकपटक सरकार फेरिन्छ तर जनाआन्दोलनका घाइते परिवारको जीवन भने फेरिदैन । यस्तै पिडामा रमलिरहेका भेरीनगरपालिका २ रिसाङका दलबहादुर पुन, अहिले छाक टार्न मुस्किल भएको बताउँछन । उनले भने, ‘जव देश शान्ती सम्झौतामा गयो, त्यसपछि जनआन्दोलनका घाइते भएका साथीहरुलाई सत्तामा लिन बाइपास गरियो, पार्टी भित्रै स्थान नपाएपछि धेरै साथीहरु मुगलानी भएका छन ।’

‘सुन्दर नेपाल निर्माण गर्ने भनी आन्दोलमा हामी गएका थियौँ, विचमा साथीहरु टुटफुट भएका कारण हामी यो स्थानमा आएका हौँ उनले थपे ।’ जनाआन्दोलन पछि अहिले छोराछोरी सबैलाई पढाउन, खुवाउन समेत समस्या भएको उनले गुनासो गरे ।

परिवर्तनका लागि हामी आन्दोलनमा हुम्मियौँ तर हाम्रो जीवन फेरिएन यो भनाई भेरी नगरपालिका २ रिसाङकी सिजर्ना पुन ‘बन्दना’को हो । ‘आन्दोलन गरेर हात काटिए गाउँमा काम गरेर खान सकिदैन, ‘पढ्ने समयमा हामी आन्दोलनमा लाग्यौँ ।’ अहिले जिन्दगी धान्नै मुस्किल परेको उनले दुखेसो पोखिन् । सरकारले घाइते परिवारका लागि महिनाको ६ हजार प्रदान गरेको छ । २०६८ सालमा सरकारले नेपाली सेनाले पाउने सेवा सुविधाको आधा पाउने निर्णय गर्यो ।

नेपाली सेनाको सेवा सुविधामा वृद्धि भयो तर आन्दोलनमा घाइते भएकाहरुको सेवा सुविधा फेरिएन यसले पनि हामीलाई अप्ठेरो पारेको उनले बताइन । ‘घाइते भएका अहिले अस्पतालमा क्यान्सर पिडित भएर बसी रहेका छन, न उनीहरुको उपचार गरिन्छ न उनीहरुलाई रेखदेख गरिन्छ उनले थपिन ।’ गणतान्त्रिक नेपाल भनेर लागो निर्माण गरिन्छ मौलिक हक आए ति हामीले गरेका हौँ । तर हाम्रो माग नै सुनुवाई हुदैन । सरकारको ध्यान जान आवश्यक रहेको उनले बताइन् ।

३ सय भन्दा बढी घाइते वेपत्ता परिवार
जिल्लामा शसस्त्र जनयुद्धको वेला घाइते भएका परिवारको संख्या ३ सय भन्दा बढी रहेको छ । ती परिवारको अहिले विच्चली छ । आफु घाइते भए परिवारका घरमुलीले ज्यान गुमाए । ज्यान गुमाउने आँखाको वरीपरि आउँछन भेरी नगरपालिका १ का प्रेम विकले गुनासो पोखे । घाइते र विस्थापित परिवारले सरकार बाट भने जस्तो सेवासुविधा नपाउँदा ति परिवारले जीवन धान्न समेत निकै समस्या परेको छ । न काम गर्न सकिन्छ न पढिएको छ रोजगारी पनि पाइदैन यसले परिवारलाई कसरी पाल्ने ? पिडित परिवारको यस्तै गुनासो छ ।

राहत पाउने आशामा पीडित परिवार
२०५२ फागुन १ गते देशमा सुरु भएको शशस्त्र द्धन्द्धमा परी म टुहुरो भएँ । ‘मैले मेरो बुबालाई त्यो दिनदेखि कहिल्यै देख्न पाईन्, बुबालाई किन र कस्ले बेपत्ता पारे अहिलेसम्म पत्ता लागेको छैन्, छेडागाड नगरपालीका १३ का मानबहादुर बुढाले आँखाभरी आँसु पार्दै भने’ बुबा गुमाउनुको पिडालाई कहिल्यै भुल्न सक्दिन । सरकारले बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग गठन गरी पिडित परीवारलाई राहत दिने घोषणा गरेको लामो समय भैसक्यो तर मेरो परीवारले आजसम्म राज्यको तर्फबाट केही पाएका छैनौँ ।

देशमा बेपत्ता पारीएका ब्यक्तिको छानविन आयोग पटकपटक गठन गरी पीडित परीवारलाई पटकपटक फर्म भर्न लगाएपनि वास्तविक पीडितलाई कुनै राहत नदिएको भन्दै उनले गुनासो गरे । मैले बुबालाई गुमाएपछि घरमा बिभिन्न समस्या आयो । बेपत्ता पारीएका ब्यक्तीको परीवारलाई सरकारले दिने भनेको राहत पाउने आशमा तीनपटकसम्म फर्म भरीसकेँ । तर, सरकारले अहिलेसम्म केही दिएको छैन् । २०५३ साल असार ५ गते भारतमा धन कमाएर फर्कन्छु भनेर गएका दाई नत घर फर्कीए नत कुनै अत्तोपत्तो छ ।

सँगै हुर्हीएका दाईलाई सम्झदा मन भक्कानीएर आउँछ । जुनिचाँदे ४ का दलबहादुर रोकाले गुनासो गर्दै भने, सरकारले बेपत्ता पारीएका ब्यक्तिको परीवारलाई राहत दिने भनेको छ तर पनि अहिलेसम्म हामीले केहीपनि पाएको छैन् । नेपालमा भएको द्धन्द्धमा बिपक्ष नेकपा माओवादी पार्टी अहिले सरकारमा गईसकेकाले पनि पीडित परीवारले राहत पाउन असजिलोे भएको भन्दै उनले गुनासो गरे । सरकार र बेपत्ता पारिएका ब्यक्तिको छानवीन आयोगका कर्मचारीहरुको ढिलासुस्तीका कारणले अहिले म जस्तै हजारौँ पिडित परीवारहरुले कहिबाट पनि कुनै राहत पाउन सकेका छैनन् ।

छेडागाड नगरपालीका ८ का गगनबहादुर गिरीले दुख मान्दै भने, द्धन्द्धमा मैले मेरो हजुरबुबालाई २०५४ सालमा गुमाउन बाध्य भएँ । उहाँहरु बेपत्ता पार्नेलाई कारवाही त के हामी पिडित परीवारलाई कुनै राहत पनि दिईएको छैन् । वेपत्ता परिवार संगै घाइते तथा अपांग व्यक्तिहरुको अवस्था समेत गम्भीर रहेको अपांग जनयुद्ध घाइतेको संस्था जाजरकोटका अध्यक्ष तीलक बहादुर रावतले बताए । उनले भने, ‘जिल्लामा ३ सय भन्दा बढी जनयुद्धका घाइते छन उनीहरु सरकारले राहत दिएला भन्दै पर्खेका छन, जनयुद्ध सकिएको १९ बर्ष पुरा भयो तर घाइते परिवारले राहत पाएका छैनन ।’

# भेरीमालिका #

तपाईको प्रतिक्रिया