१ फाल्गुन २०७७, शनिबार

आर्सनलले बेन्फिकासँगको ‘होम लेग’ एथेन्समा खेल्ने

एजेन्सी । इंग्लिस क्लब आर्सनलले युरोपा लिगको अन्तिम ३२ अन्तर्गत बेन्फिकाविरुद्धको ‘होम लेग’ खेल ग्रीसको एथेन्समा खेल्ने भएको छ ।

कोरोनाको कारण बेलायत सरकारले पोर्चुगलबाट यात्रा गर्नेलाई प्रतिबन्ध लगाएपछि आर्सनलले पोर्चुगिज क्लबविरुद्धको खेल एथेन्समा खेल्ने भएको हो ।

ओलाम्पियाकोसको घरेलु मैदानमा हुने आर्सनल र बेन्फिकाबीचको खेल फेब्रुअरी २५ मा हुनेछ ।

यस्तै आर्सनलले बेन्फिकासँगको अवे खेल पनि इटालीमा खेल्नेछ ।

बेलायत सरकारले पोर्चुगलको यात्रामा कडाई गरेपछि बेन्फिकाको होम खेल समेत इटालीको रोममा सरेको हो । आर्सनल र बेन्फिकाबीचको पहिलो लेग खेल फेब्रुअरी १८ मा हुनेछ ।

यस्तै म्यानचेस्टर युनाईटेड र स्पेनिस क्लब रियल सोसीडाडबीचको पहिलो लेग खेल समेत इटालीको टुरीनमा हुनेछ । दोस्रो लेग खेल भने ओल्ड ट्राफोर्डमा हुनेछ ।