कालीबहादुर नेपाली जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले बजार अनुगमन गरेको छ । बुधबार जिल्लाको भेरीनगरपालिका १० स्याउली बजार र फेरा बजारमा अनुगमन गरिएको अनुगमनमा खटिएका नायव सुब्बा महेन्द्र भडेलले जानकारी दिए ।
उनले भने, “नागरिकको खाद्य सुरक्षामा टेवा पुर्यान र सजिलोका लागि बजार अनुगमन गरिएको छ ।” अनुगमनका क्रममा पसल दर्ता, नवीकरण गरेको वा नगरेको,म्याद गुज्रेका समान नष्ट गरिएकोे उनको भनाई छ । स्याउली बजारमा रहेको कल्पना शाहीको पसल धिरज स्टोर बाट चाउमिन १ सय २५ गा्रम २९ पाकेट,कोकोनट विष्कुट १३ पाकेट, कुरकुरे ३ वटा र करेन्ट चिल्लीलाई नष्ट गरिएको अनुगमनमा खटिएका खरिदार नविन सिंहले जानकारी दिए ।
यस्तै स्याली बजारमा गरिएको अनुगमन बाट जम्मा ओरेन्जको पाउडर १३ वटा, चाउमिन ५६ पाकेट,कोकनट विस्कुट १६ वटा, कुरकुरे ३ वटा, करेन्ट चिल्ली मसला १० वटा, जिरी २० ग्रामका ३० पाकेट, ५० ग्रामको जिरा ३ पाकेट र दालमोठ १ पाकेट नष्ट गरिएको छ ।
यस्तै फेरा बजारमा गरिएको अनुगमन बाट कोकनट विष्कुट ४ प्याकेट, मिक्स मसला ३ प्याकेट, चिसो ५ बोतल, चाउमिन ५ प्याकेट,चियापत्ति १ पोका, फेन्टा चिसो ५ बोतल, नुन २ प्याकेट ,भुजा १ प्याकेट, दालमोट १ प्याकेट ,पानीपुरी मसला १ प्याकेट,जुस ९ बोतल बरामद गरि स्थानीय जनप्रतिनीको अगाडि नष्ट गरिएको नायव सुब्बा महेन्द्र भडेलले जानकारी दिए ।
बजार अनुगमनका क्रममा स –साना व्यापारीहरु पनि ठुला साहुले ठग्ने गरेको पाइएको छ । उनीहरुले साना व्यापारीहरुलाई म्याद सक्केको समान दिएर आँखामा छारो हाल्ने गरेको पाइएको हो ।
अनुगमन किन ?
ऐनको दफा ३०, ३१ र ३२ ले बजार अनुगमन किन गर्ने भन्ने व्याख्या गरेको छ । कसैले अनुचित व्यापारिक क्रियाकलाप, बजारमा एकाधिकार, वस्तु वा सेवाको मूल्य वा आपूर्ति व्यवस्थालाई प्रभावित पार्ने काम, कमसल वस्तुको उत्पादन वा बिक्री वितरण गरिरहेको जस्तो अवस्था पाईने अनुगमन जरुरी हुने ऐनमा उल्लेख छ ।
ऐनअनुसार बजार निगरानी गर्ने निकाय मार्फत सूचना आएमा मन्त्रालय वा विभागले सो सम्बन्धमा तत्काल आवश्यक जाँचबुझ वा निरीक्षण गर्न गराउन सक्छन् । उपदफा ३ ले जाँचबुझ वा निरीक्षणबाट दोषी देखिएका उत्पादक, डिलर, एजेण्ट, बिक्रेता, व्यक्ति वा संस्थालाई यस ऐन वा प्रचलित कानून बमोजिम कारबाही गर्ने व्यवस्था गरेको छ । यस्तै दफा ३१ ले आकस्मिक निरीक्षण गर्न सक्ने व्यवस्थामा उपभोक्ताको हक, हित संरक्षणका लागि बजारको आकस्मिक निरीक्षण गर्न सक्ने उल्लेख गरेको छ ।
ऐनको परिच्छेद ४ ले निषेधित कामहरु भने व्यवसायी वा व्यापारीले के गर्न हुँदैन भन्ने उल्लेख गरेको छ । ऐनले निषेधित गरेको काम गरे अनुगमनमार्फत जुनसुकै बेला कारबाही गर्न सकिने उल्लेख छ ।
नुन देखि सुन सम्म एउटै पसलमा
जिल्ला प्रशासन कार्यालय जाजरकोटले बुधबार गरेको अनुगमनका नुन देखि सुन सम्म एउटै पसलमा पाइने गरेको छ । जाजरकोटका अधिकांश पसलहरुमा सबै समान एउटै ठाउँमा पाउन सकिन्छ ।
सरकारले वितरण गर्ने गरेको आयोडिनयुक्त नुन पनि पसलेहरुले डिपो बाट सस्तो मुल्यमा लिने र नागरिकलाई महंगो मुल्यमा दिने गरेको छन् । त्यसैले प्रशसनले समान बरामद मात्र गर्ने होइन व्यापारीहरुलाई सल्लाह सुझाव दिदै आएको छ ।
ऐनले नागरिकलाई स्वस्थ खाद्य व्यवस्था गर्ने भनेपनि नागरिकमा जनचेतनाको अभावले म्याद गुज्रेका समान उपभोग गर्दै आएका छन् । भेरीमालिका दैनिक बाट
















































। ८ फाल्गुन २०७६, बिहीबार