रुखबाट लडेर एकजनाको मृत्यु

जाजरकोट  । जिल्लाको बारेकोट गाउँपालिका ८ बण्डालामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय ५३ वर्षीया कालीबहादुर बोहराको मृत्यु भएको हो ।

घर नजिकै रुखमा राखेको खोयाघाँस झार्दै गर्दा खसेर गम्भीर घाइते भएका बोहराको उपचारको लागि स्वास्थ्य केन्द्र सेपुखोला लैजादै गर्दा बाटोमै ज्यान गएको वडा अध्यक्ष लालभक्त सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया