अनेरास्ववियू जाजरकोटले भागरथीको न्यायका लागि सरकारलाई बुझायो ज्ञापनपत्र

दोषिलाई तत्काल कारबाही गर्न माग

जाजरकोट, २५ माघ । एक हप्ता अघि वलत्कार पछि विभत्स ढंगले हत्या गरिएकी वैतडीकी १९ वर्षिया छात्रा भागरथी भट्टको न्यायको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी प्रचन्ड माधव समुह निकट विद्यार्थी संगठन अनेरास्ववियु जाजरकोटले सरकारलाई ज्ञापनपत्र वुझाएको छ ।

माघ २१ गते वलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका वडा नम्वर ७ चडेपानीकी घर भई स्थानीय सनातन धर्म माध्यमिक विद्यालय खोचलेकको कक्षा १२ मा पढ्ने छात्रा भट्टका हत्याराहरुलाई एक हप्ता सम्म पनि पहिचान गरीएको पक्राउ नगरिएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

घटना भएको लामो समय वितिसक्दा पनि हत्याराहरुलाई पक्राउ गर्ने तर्फवाट सरकारी पक्षले गतिलो पहल नलिएको भन्दै आफुहरुले सरकारलाई ज्ञापन पत्र वुझाएको अनेरास्ववियुका जिल्ला संयोजक प्रदिप खड्काले जानकारी दिए । आइतवार जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज वराल मार्फत प्रधानमन्त्री केपी शर्मा वलीलाई अनेरास्ववियु जाजरकोटको तर्फवाट संयोजक प्रदिप खड्काले ज्ञापनपत्र वुझाएको अनेरास्ववियु जाजरकोटका नेता दिनेश गौतमले वताए ।

उनले भागीरथीका हत्याराहरुलाई कडा कारवाही गर्न र पिडितलाई न्याय दिलाउनका लागि सरकारले गम्भीरताका साथ काम गर्न आफुहरुले अनुरोध गरेको नेता गौतमले वताए । अनेरास्ववियु जाजरकोटका संयोजक प्रदिप खड्काको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले प्रधानमन्त्रीलाई

दिन भनी वुझाएको ज्ञापनपत्रलाइ आफुले जस्ताको तस्तै सम्वन्धित निकायमा पुरयाइदिने प्रमुख जिल्ला अधिकारी वरालले वताए । उनले राज्य भएको र कानुनी शासनको प्रत्याभुति दिलाउने गरि पिडित भागीरथीलाइ न्याय दिलाउने काममा सवैको चासो र सरोकार रहनुपर्ने वताए ।

तपाईको प्रतिक्रिया