मोटरसाइकल दुर्घटना हुँदा एक युबा गम्भीर भाइते

भेरी नगरपालिकामा ठाटी बजारमा दुर्घटना ।

जाजरकोट खलङ्गा
भेरी नगरपालीका वडा नम्बर १३ का अनुमानित १९,२० बर्षका युबा नेत्रराज गिरि करिब ५:३० बजे तिर मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका छन्। भेरी नगरपालिका वडा नम्बर ३ ठाटी बजार नजिकैको मोडमा दुर्घटना घटेको हो। चालकले मोटरसाइकललाई नियन्त्रण गर्न नसक्दा र मोडमा रेलिन्ङ्ग नहुदा दुर्घटना घटेको हो।

गिरिको हात भाचीएको छ् भने टाउकोमा गम्भीर चोट लागेको छ् । जाजरकोट जिल्ला अस्पतालमा उपचाररत गिरिलाई अस्सिजन दिएर उपचार गरिदै छ् ।जिल्ला अस्पतालमा पर्याप्त श्रोत साधन नहुदा रिफर गर्ने संभावना भएको जिल्ला अस्पतालका कर्मचारीले निराजन साहीले बताएका छन्।

तपाईको प्रतिक्रिया