ओली समुह जाजरकोटका नेताहरुको काठमाडौँमा छलफल


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुह जाजरकोटका नेताहरुको काठमाडौमा छलफल चलिरहेको छ । नेकपा ओली समुह अन्तर्गतको जाजरकोट काठमाडौँ सम्पर्क मञ्चको सहयोगमा उक्त छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

छलफल कार्यक्रममा ओली समुहका केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठ, केन्द्रिय सदस्य रत्नप्रसाद न्यौपाने, कौशिलावती खत्री, डम्बरबहादुर सिंह, चन्द्रप्रकाश घर्ती, जयबहादुर शाही, गोविन्द्र विक्रम शाह, लालबहादुर महतारा, लालबहादुर थापा लगायतका केन्द्रिय नेताहरुको उपस्थिती रहेका छ ।

अन्य प्रदेश,जिल्ला ओली समुहका नेताहरुको उपस्थिती रहेको छ । पछिल्लो राजनितीक परिवर्तनलाई लिएर छलफल चलाईरहेको काठमाडौँ सम्पर्क मञ्चका सचिव लालबहादुर रोकायले जानकारी दिए ।

तपाईको प्रतिक्रिया