हाम्रो नजरमा जाजरकोट  : गाउँ अझै अन्धविश्वासको सिकार, विरामी प¥योकी झांक्रीको खोजी

छिता विककाे घर

कालीबहादुर नेपाली
जाजरकोट, २१ माघ । गत माघ १९ गते हाम्रो पुहँच टीम रिर्पाेटिङ्गको लागि नलगाड नगरपालिका दुई डाँडागाउँ सम्म पुग्यो । प्राकृतिक सम्पदाले भरिपुर्ण डाँडागाउँको रहनसहन, वातावरण, भौगोलिक अवस्थाले हाम्रो मन लोभ्यायो । तत्कालिन डाँडागाउँ गा.वि.सको गढी प्राकृतिक तथा संस्कृतिक रुपमा निकै चर्चित भएको हामीले सुनेका थियौँ ।

त्यहाँ जान उकालो चढ्नुपर्ने रहेछ । विच बाटो बाट फर्कने कोशिस ग¥यौँ । तर लोभिरहेको मन संग भौतिक शरीरले सकिने र हामी उकालो लाग्यौँ । कालीमाटी बजार देखि माथी जान झन्डै २ घण्टा लाग्दो रहेछ । उकालो चढ्दा जति पिडा भएको थियो । त्यहाँ पुगिसकेपछि सबै पिडा हराईसकेको थियो । विच गाउँ सम्म अटोले हामीलाई लग्यो । त्यसपछि वडा कार्यालय बाट हामी हिडेर कालीका प्राथमिक विद्यालयमा पुग्यौँ । हामी आउने आशमा विद्यालयका विद्यार्थी र शिक्षक हातमा माला मिलेर बसेका रहेछन् । शिक्षक र विद्यार्थीको स्वागतमा निकै ठुलो माया लुकेको थियो । स्नेहले यशोदा शर्मा म्यामले हामीलाई चिसो पानी दिनुभयो ।

छिता विक संग हामी  उनकाे घर जाँदै

उकालोमा चढेर गएका हामी विद्यालय परिवारको माया र साथले निकै रमाईलो अनुभुति दिलायो । विद्यालयको शैक्षिक, भौतिक र आर्थीक अवस्थाका विषयमा प्रधानध्यापक ठाकुर नाथ शर्मा लगायत विद्यालयका शिक्षक विद्यार्थी संग एक घण्टाको बसाई तथा छलफल भयो । विद्यालयको सबै अवस्था हेर्दा जिल्लाको एक नम्वरमा आउँछ । भौतिक संरचना पुरानो भएपनि शैक्षिक सामग्री, विद्यार्थीको क्षमता सबै हेर्ने हो भने पुरानो भन्न मिल्दैन् । विद्यालयमा छलफल गर्ने क्रममा कमजोर विद्यार्थीको विषयमा छलफल भयो ।

यशोदा म्यामले औँला ठाडो पारेर भन्नुभयो ‘अरु सबै ठीकै छन् कमजोर भनेकी छिता विक नाम गरकी छात्र छन् ।’ त्यसपछि हामीले छिता विकलाई पन्छ्याउन सुरु ग¥यौँ । विद्यालय विदा हुने समय भईसकेको रहेछ । अरु सबै विद्यार्थीलाई घर जान भन्यौँ, छितालाई हामीले त्यही विद्यालयमा रोक्न लगायौँ, त्यसपछि विद्यालय बाट विदा मागी हाम्रो टीम छिता विकको घरतिर लाग्यौँ । विद्यालय बाट छिताको घर सम्म पुग्न झन्डै ३० मिनेट भन्दा बढि लाग्दो रहेछ । तीस मिनेटको समय सम्म हामी छिताका कुरा सुन्दै रमाईलो गर्दै उनको घर सम्म पुगेका थियो । उनी संग सहकर्मी प्रेम विश्वकर्माले राम्रो संग पढ्नु हामी सहयोग गरौँला भने ।

तर छिताले हामीलाई भक्कानिएर आफु पीडा खोलिन्, सर मेरो जन्मदिने आमा अहिले सम्म वेपत्ता हुनुहुन्छ मेरो घरमा कान्छी आमा हुनुहुन्छ । पढाई गर्न निकै समस्या छ । घरको काम गर्नुपर्छ अनि त्यसपछि बल्ल विद्यालय जानुपर्छ छिताले आधा घण्टाको समयमा आफ्नो जीन्दगीको आधा कहानी नै सुनाईन् । दुःख सुखका कुरा गर्दागर्दै उनको घर सम्म पग्यौँ । उनको घरमा वावा, आमा र बहिनी सहित चार जनाको सदस्य रहेछन् । हामी उनको घर पुगेका थियौँ, सिढींमा चढेका थियौँ, कोही कराए जस्तो आवाज आयो । हामी झस्कियौँ ।

छिताको घरभित्र धामीझाक्रिको लाईन थियो । हामीले केही भईरहेको छ भनेर सोध्दा छिताको आमाले हामीलाई भन्नुभयो, ‘कान्छी छोरी विरामी परेकी छ, देउता कार्दै हुनुहुन्छ, गाउँकी एकजना धमेनी ।’ छिताकी कान्छी बहिनी एक्कासी विरामीले छटपटाई रहेकी थिईन् । त्यहाँ अस्पताल लिने कुरा भने भएकै थिएन । तर गाउँमा नाम चलेका धामीहरु भने दिन बाट नै छिताकी आमाले बोलाईसकेकी रहेछन् । हामी छिताको घर पुग्दा एकजना आफुलाई गाउँकै सर्वाेकृष्ट धमेनी मान्ने दिदी संग भेट भयो । उनले देउता आएको भनेर हात समातेर भनिन्, ‘यसलाई खोलाको भुत लागेको छ, तत्काल दुई वटा चल्ला र एउटा बाख्रो दिनुपर्छ ।’

उनी निकै कराउन थालिन हामीले भन्यौँ देउता भन्दा नानीलाई अस्पताल लिनुपर्छ भन्दा उनले उल्टै हाम्रो टीमलाई धम्की सम्म दिईन । म ठीक गर्छु होईन् भने, अस्पताल लगे खाईदिन्छु सम्म भनिन् । हामीले तत्कालै धज्जा सम्म लगाउन भनियौँ, तर उनको सोचले तत्काल बाख्रा चाहिन्छ भन्दै थियो । आफुलाई एक नम्बरको धमेनी हुँ भन्दै कराएको देखेर हामीलाई अलि अप्ठेरो लागेर छितालाई घरमा छोडेर खलंगा सम्मको यात्रामा हामी हिड्यौँ ।

त्यसको दुई दिन पछि छिताको आमालाई फोन गरेर हामीले सोधेका थियौँ, नानीलाई सन्चो भयो ? उनले हाम्रो उत्तरमा अस्पताल लगेर नानीलाई अलि सन्चो भएको छ भनिन् । ‘धामीको भम्रले नानीको ज्यान नै गुम्ने थियो, अस्पताल लगेर नानीलाई सन्चो भयो ।’ छिताको गाउँ जस्तै जिल्लाका सात वटै स्थानीय तहका नागरिकहरु अहिले पनि अन्धविश्वासको खोल आढेर बसेका छन् । विरामी प¥योकी धामी,झाक्रीलाई बोलाउने र झारफुक गर्न लगाउने, विरामीले रोग संग लडेर जित्यो भने देउताले बचायो भन्ने भम्र अहिले सम्म गाउँमा जिवित रहेको पत्रकार प्रेम विश्वकर्माले बताए ।

‘देउता खाउँला, देउतै लाउला, देउतै मनाउला भन्ने परिवार पनि छन् उनले भने ।’ सबै नागरिकलाई जनचेतना फैलाउन पनि उत्तिकै महत्वपुर्ण मानिन्छ । विरामी पर्दा धामीझाक्री तिर भन्दा अस्पताल लगे अकालमै ज्यान गुमाउनेको संख्यामा कमी आउने थियो । सात वटै स्थानीय तहका गाउँ अन्धविश्वासको सिकार बनिरहेका देखिन्छन् ।

तपाईको प्रतिक्रिया