प्रचण्ड माधव समुहको आमहड्तालको प्रभाव : जाजरकोटका पसल, शैक्षिक संस्था र सरकारी कार्यालय बन्द

unn.prixa.net
प्रेम विश्वकर्मा
जाजरकोट, २२ माघ । प्रचण्ड माधव समूहको नेकपाले गरेको आम हड्तालको प्रभाव जाजरकोटमा पनि देखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले आज देशभर आम हड्ताल गरेको छ । सरकारले संवैधानिक पदहरूमा गैरकानुनी रुपमा नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनको घोषणा गर्दै प्रचण्ड–माधव समूहले आज आम हड्ताल गरेको हो ।

आज आमहड्ताल गरेको प्रचण्ड माधव समूहका नेता कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् । जाजरकोटमा पनि बिहान खोलिएका पसलहरु,शैक्षिक संस्था विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द गरिएका छन् । आम हड्तालले गर्दा विद्यार्थीहरुको पढाइमा निकै असर परेको शिव मा वि कालेगाउका प्रधानाध्यापक तिलक बहादुर खत्रीले गुनासो गरे ।

यस्ता देशमा हुने आम हड्तालले नेताहरुलाइ त केही हुदैन तर हामी जस्ता सर्वसाधारणहरुको रोजीरोटी हराउँछ भन्दै स्थानीयहरुले गुनासो पोखेका छन् ।

तपाईको प्रतिक्रिया