चार बर्षपछि फरार बहु विवाह प्रतिवादी पक्राउ

जाजरकोट, २१ माघ । चार बर्षपछि फरार बहुविवाह प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले सुर्खेतको भेरी गंगा नगरपालिका १२ छिन्चु बाट बहुविवाह प्रतिवादी छेडागाड नगरपालिका ३ वतन घर भई भएकी अन्जना बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोट जिल्ला अदालत जाजरकोटले २०७३ चैत्र १५ गतेको फैसला आदेशले १ वर्ष कैद, विस हजार जरिवाना तोकेको थियो । तर त्यहाँ बाट अन्जना फरार थिईन् । माघ २१ गते अदालतमा दाखिला गरी कारागार चलान गरिएको छ ।

तपाईको प्रतिक्रिया