गजल
निको हुदैन मन कत्ती के गर्ने होला
वैद्य, धामी या औषधी के गर्ने होला
पिउन छोड, कि मलाई छोड भन्न त सजिलै भन्यौ,
तर यी दुईटा कुरामा सहमती के गर्ने होला
घरमा प्यारी हुँदा हुदै अर्कै बिहे गरौ भने,
अभाव मै जीवन सकिन्छ कि के गर्ने होला
साहुनी सङ्ग बात मार्दै गिलास रित्तीए पनि,
छोडेर जान मन लाग्दैन भट्टी के गर्ने होला
गजल
म निदाउनुपर्छ सिरानी मुनि तमसुक राखेर
साहु आउँछ निन्द्रामै एककाध बन्दुक राखेर
छेदविच्छेद भएको मुटु लिएर आउदैछु प्रिय,
बरु तयारी भएर बस्नु साथमा नुनचुक राखेर
साहुनी पिउँदा पिउदै कुनै बेला नजर जुधे होलान,
अफ्ठ्यारो नमान्नु होला भट्टीमा आगन्तुक राखेर
देश बचाउन भनी हिडेको छ सिमानामा सन्तान,
मुटुमा एक श्रीमती राखेर आँखामा बारुद राखेर
गजल
सोचेको भन्दा विल्कुल फरक श्रीमती अपनाउनुपर्यो
जुन मान्छे यो मुटुमा थियो, उसैलाई आज गुमाउनुपर्यो
बिहे गरियो यार कुनै बेला रहरै रहरमा,
अहिले आएर जीवनमा खुब पछुताउनुपर्यो
प्रेम नगर्नु मुटु जल्छ,कलेजो सकिन्छ सराब नपीउनु भनेर,
अरे यार म पागल हुँ पागललाई किन सम्झाउनुपर्यो
तस्बिरमा मुस्कुराएको देखेर, खुसी छ यो नसोच्नुहोला,
मात्र बाहिरी आवरणमा यस्तो भुमीका निभाउनुपर्यो
पुष्कर पराग चन्द
भेरी नगरपालीका ५ जाजरकोट
हाल श्री भेरी त्रिवेणी मा. वि. रिम्नादोभान, जाजरकोट
। १५ माघ २०७७, बिहीबार