जुनीचाँदे गाउँपालिका का.वा. अध्यक्ष शिवा आचार्यले अभिनय गरेको गीत सार्वजनिक (हेर्नुहोस भिडियो)

जाजरकाेट  । जुनीचाँदे गाउँपालिका का.वा. अध्यक्ष शिवा आचार्यले अभिनय गरेको गीत सार्वजनिक भएकाे छ ।जुनीचाँदे गाउँपालिका विशेष रहेको उक्त गीतमा गाउँपालिका का.वा अध्यक्ष बस्नेतले अभिनय गर्ने अवसर प्राप्त गरेकी हुन ।

यूटिभी यूटुव च्यानल बाट उक्त गीत सार्वजनिक भएको छ । गीतमा गायक रेशम शाही र मेलिना राईको आवाज सजिएको छ भने, शब्द संकलन शिवा आचार्यले गरेकी हुन । उक्त गीतको रचना रेशम शाहीले गरेका हुन ।

शशि विक्रम थापाकाे संगित रहेको छ । कोरस स्वरमा दिपक शाही ,करुणा रावतले साथ दिएका छन । गीतको अभिनयमा प्रसंशा परि ,खेमराज बस्नेत,बिमला अधिकारी प्रेम के सीले गरेका छन । बिशेष भूमिकामा शुशिल पोखरेल , शिवा आचार्यको रहेको छ । कोरियोग्रफेर हिरा भुजेल, सिनेमाटोग्राफर, दिव्यराज सुबेदी सम्पादन  तारा थापा किम्भे, निर्देशक उपेन्द्र तिमिल्सिन पोस्ट प्रोडक्शन श्री तिमिल्सिना फिल्म प्रोडक्शनले गरेको छ ।

जुनीचाँदे गाउँपालिकाको पर्यटन, कलासंस्कृति तथा जनजीविकाको सवालमा निर्माण गरिएको गीत गाउँपालिका द्वारा निर्मित बहुप्रतीभा कला संरक्षण केन्द्र जाजरकोटको प्रस्तुतिका रुपमा हेरिएको छ ।

 

हेेर्नुहाेस भिडियाे

तपाईको प्रतिक्रिया