गजल
जानदिनुहोस गई जानेलाई फरक पर्दैन
गरिदिनुहोस छिट्टै बिदाई फरक पर्दैन
तिम्रा यादहरुले पनि रुवाउदैनन् होला
पाईनन् र पनी भुल्ने दवाई फरक पर्दैन
छुट्टिने लाई रोक्नु हुन्न शुभ यात्रा प्रीया
खै के पुग्छ मन मा सजाई फरक पर्दैन
अर्कैकी हौ बोलाउने अधिकार छदैछैन
के आउ भन्नू थाह पाईपाई फरक पर्दैन
दहिचिउरे जस्तीलाई किन आफ्नो ठान्नु
पठाई दिन्छु कानमा समाई फरक पर्दैन
गजल
भोको पेट भरिदैन आँसु जत्ति खाएपनि
साहुले चामल दिएन रोए पनि कराएपनि
कागलाई बेल पाकेझै भयो उल्लास भएन
गाउँमा गाडी आएपनि ट्याक्टर आएपनि
उसले गहना किनेर लियो मलाई ज्वरो आयो
मैले केही भेटाईन सिंदुर किन्ने उपाय पनि
अभावले रमाईलो पनि यसरी गराई दिन्छन्
छोरा भोलि खाउला पर्खी भनी पर्खाए पनि
तिमिलाई पाउ सम्झिन नपरोस यत्ती चाहछ
मेरो दुश्मन भयौ आफन्त होइनांै फसाए पनि
अगाडि बाट हिर्कानु भो गर्भ गर्छु तपाईं सङ्ग
भाईले पछाडि हिर्कायो छातिमा सजाए पनि
म मरे भने बिर्सनेमा एक नम्बरमा तिमी पर्छौ
एउटी आमा हुन नर्विसने सालिक बनाए पनि
गजल
न कहिल्यै अंगालो हाल्छ्यौँ नत साथ हुन्छ
निर्जीव सिरानी जस्तै सुति रहने काध हुन्छ
सुन्ने चाहाना छदै छैन तिमी आएको खबर
मलाई न त हर्ष भैदिन्छ न त बिष्मात हुन्छ
बिस्तारै ऐठेनहरुले गलाउदै लिएका छन
मलाई थाह छैन मेरो अन्तिम कुन रात हुन्छ
एक युग थियो छातिमा उस्को फोटो राख्ने
अहिले मनमा मृत्यु आँखामा सराब हुन्छ
सरकार हजुरको मात्र हो डिजिटल प्रबिधि
हाम्रो गाउँमा बोल्दा पनि औठा छाप हुन्छ
गजल
रुने बानी परेछ उसलाई रमाउँला नसोचे हुन्छ
खुशीले पनि त बेस्सरी कराउला नसोचे हुन्छ
बिर्सी हिड्नु छोरा छोरी मारी दिनु आशा पनि
गुड छोडे को चरी फिर्ता आउला नसोचे हुन्छ
आमा खाली पेट नबस्नु ग्यास्ट्रीक बढ्ला फेरि
भोक पेटले जिवन सुन्दर बनाउला नसोचे हुन्छ
हामीले निम्न हेतुले औकात अनुसार खानुपर्छ
भातै नपाउनेले मासु झन पचाउला नसोचे हुन्छ
यार देब्रे छाती जमिन होइन जस्ले पनि कुल्चिने
दुस्मन हरुलाई खुट्टा ढोग्दै फकाउला नसोचे हुन्छ
। १५ माघ २०७७, बिहीबार