अनुसन्धान र भाषिक शोधप्रस्ताव 

         

—उपप्रा.पूर्णबहादुर सुनार MA,M.Ed

अनुसन्धान भन्नाले सामान्यतः कुनै कार्य, घटना, अवस्था, विषय आदिका बारेमा छानबिन र खोजबिन गर्नु भन्ने अर्थ बुझिन्छ । अनुुसन्धानलाई शोध पनि भनिन्छ । पर्यायवाचीका रूपमा अनुसन्धान, अन्वेषण, गन्वेषण तथा खोज, खोजी वा सोधखोज जस्ता शब्दको प्रयोग भएको पाइने शोध शब्दको शब्दकोशीय अर्थ शुुद्धपार्ने वा चोख्याउने काम, अनुसन्धान –( त्रिपाठी र अन्य, २०४०ः १२६८) भन्ने हुन्छ ।

प्रयोगात्मक नेपाली शब्दकोशको प्रस्तुत परिचयले शोध शब्दको शाब्दिक अर्थ कुनै विषयमा गरिने गहन खोज अध्ययन अनुसन्धानतर्फ जोड दिइएको छ । जुनसुकै अनुसन्धान कार्य गर्न पनि शोधप्रस्ताव आवश्यक पर्छ ।

हाम्रो खोजीको अर्थ दिने क्भबचअज शब्दमा च्भ उपसर्ग लागेर बनेको अङ्गे्रजीको च्भकभबचअज को तात्पर्यलाई स्पस्ट गर्न रेडम्यानले “नवीन ज्ञान प्राप्तिका लागि गरिने एक व्यवस्थित प्रयास नै अनुसन्धान हो” भनेका छन् । यस परिभाषाले शोध वा अनुसन्धान कार्य नयाँ ज्ञान प्राप्ति गर्ने एक व्यवस्थित प्रयास हो भन्ने कुरा स्पस्ट गरेको छ । यसबाट एकातर्फ शोधको नयाँ ज्ञान प्राप्तिका उद्देश्य हुने कुरा पनि स्पस्ट रहेको छ ।

त्यस ज्ञान प्राप्तिको मार्ग वा विधि कस्तो हुन्छ भन्ने सम्बन्धमा पनि स्पष्ट पारेको छ । उनकानुसार त्यस्तो विधि निश्चित व्यवस्थित अर्थात वैज्ञानिक हुन्छ, वस्तुगत हुन्छ । यसरी यो परिभाषा शोधको मूल उद्देश्य र विधिमाथि प्रकाश पार्न सक्षम छ ।

“आदर्श रूपमा अनुसन्धान कुनै समस्याको सावधानीपूर्वक र निष्पक्ष ढङ्गले गरिएको अध्ययन हो । जुन परिष्कृत विशिष्टता तिनको व्याख्या र अवसर गरी सामान्यीकरणसँग संलग्न रहेको र सम्भव भएसम्म पारदर्शी तथ्यमा आधारित हुन्छ ।”—सी.भी गुड

त्यसैगरी बेस्ट र कानले बढी औपचारिक ज्यादै व्यवस्थित र गहन विश्लेषणको वैचारिक विधि अँगालिने प्रक्रियालाई अनुसन्धान वा शोध भनेका छन्् । यसैलाई चिनाउने क्रममा नेपाली रूपान्तर प्रस्तुत गर्दै बढी औपचारिक, ज्यादै व्यवस्थित र गहन विश्लेषणको वैज्ञानिक विधि अँगालिने प्रक्रियालाई अनुसन्धान भनिन्छ । यसमा व्यवस्थित छानविन गरी निष्कर्ष निकालिन्छ र त्यसको प्रतिवेदन तयार गरिन्छ –शर्मा,२०५५ः३) ।

यी सम्पूर्ण भनाइबाट शोधसम्बन्धी विभिन्न मतहरू र अर्थलाई शोध नयाँ ज्ञान प्राप्तिका लागि गरिने व्यवस्थित, बौद्धिक र प्राज्ञिक कुनै समस्या वा प्रश्नमाथि आधारित त्यससम्बन्धी सत्य तथा ज्ञान प्राप्तिको त्यो सोपान हो । जसमा निश्चित, वस्तुगत, व्यवस्थित वैज्ञानिक अध्ययन विश्लेषण र सत्यापनको विधि अपनाइने योजनाबद्ध अध्ययन शोध हो । शोधबाट नै अज्ञातको गर्भमा रहेका वस्तुहरू ज्ञातमा परिणत हुन्छन् ।यसबाट नयाँ सिद्धान्त प्रतिपादन हुनुका साथै प्रतिपादित ज्ञान पुनः परीक्षण हुन्छन्।

शोधको बनोटमा समावेश हुने विभिन्न भाग तथा उपभागलाई शोधप्रस्तावका अङ्ग भनिन्छ । शोधशीर्षक, शोधशीर्षकको परिचय, समस्या, उद्देश्य, पूर्वकार्यको समीक्षा, औचित्य, प्राक्कल्पना, शोधको सीमा, शोधविधि, सङ्गठन, उपसंहार, सन्दर्भसामग्रीसूची, परिशिष्ट र अनुक्रमनिका शोधप्रस्तावमा समावेश हुनुपर्ने यी अङ्गहरूको सङ्क्षिप्त परिचय यसप्रकार छ ः

१.परिचय

    शोधप्रस्तावको प्रारम्भमा शोध शीर्षकसँग सम्बन्धित विषयको परिचय वा पृष्ठभूमिको अति सङ्क्षिप्त चर्चा गर्नुपर्छ । यसक्रममा विषय शीर्षकको पुष्ट्याइँ, स्पष्टीकरणका साथै त्यसको सान्दर्भिकताको समेत उल्लेख हुनु आवश्यक छ । कुनै कुनै शोधप्रस्ताव ढाँचामा यस खण्डलाई ‘समस्याकथन’ शीर्षकअन्तर्गतसमेत चर्चा गरिएको पाइन्छ । अझ हिजोआज समस्याकथनलाई भन्दा अनुसन्धान प्रश्नलाई अनिवार्य ठान्न थालिएको छ । कुनै पनि शोधकार्य एकै पटक सम्पन्न हुने कार्य नभई क्रमिक रूपमा प्राज्ञिक र अनुसन्धानात्मक कार्यकलापमार्फत नै पूर्णतामा पुग्ने कार्य हो । शोधशीर्षक नै शोधको मुख्य विषय हो । सो विषयमा शोधार्थीलाई गर्न उन्मुख तुल्याउने जिज्ञासा जसलाई शोध समस्या भन्ने गरिन्छ । शोधशीर्षकको चयन गर्नु र शोधसमस्याको पहिचान गर्नु निकै कठिन काम हो । शोधार्थीले आफूले शोध गर्न चाहेको विषयक्षेत्रको व्यापक सर्वेक्षणात्मक अध्ययन पछि मात्र मौलिक र नयाँ प्राज्ञिक जिज्ञासामा आधारित शोधसमस्याको पहिचान गरि शोधशीर्षकको निर्धारण गर्न सक्छ ।

२.उद्देश्य

कुनै पनि अध्ययन विनाउद्देश्य गरिदैन । शोधार्थीले गर्न गइरहेको शोधकार्यका क्रममा के कस्ता सैद्धान्तिक, व्यावहारिक समस्या समाधान गर्ने वा कार्य सम्पादन गर्ने उद्देश्य राखेको छ, सोही कुरालाई शोधप्रस्तावमा प्रस्तुत गर्नु पर्दछ । अर्कोे शब्दमा भन्नु पर्दा समस्याकथनमा प्रस्तुत गरिएका वा उठेका प्रश्नको उत्तर अथवा समस्याको समाधान गर्नु नै शोधकार्यको मूल उद्देश्य रहेको छ । यसैले समस्याकथन र उद्देश्यबीच निकट सम्बन्ध हुन्छ । उद्देश्य खण्ड शोधप्रस्तावको ज्यादै महङ्खवपूर्ण खण्ड हो । प्रायः अनुसन्धान गर्ने अनुमति दिने, नदिने भन्ने निर्णय उद्देश्य हेरेर मात्र गरिन्छ । उद्देश्यहरू विशिष्ट प्रकृतिका हुनुपर्छ । धेरै र व्यापक उद्देश्य समावेश गर्नु हुँदैन । उद्देश्य मापनीय र अनुसन्धान समस्यासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुनुपर्छ । शोधसमस्याको कथन गर्दा जेजस्ता प्राज्ञिक जिज्ञासाहरू उठाइन्छन् तिनैको प्रामाणिक समाधान गर्नु नै शोधकार्यको उद्देश्य हुने गर्छ ।

३.प्राक्कल्पना

  शोधार्थीले शोधकार्यको थालनी गर्नुपूर्वको पूर्वअध्ययन, परिकल्पना, पूर्वकल्पना, अनुकल्पना,पूर्वानुमान सम्बन्धित विशेषज्ञहरूको शीर्षक छनोट वा विविध सन्दर्भमा गरेको छलफल,  विचारविमर्श, एवम् सरसल्लाह, त्यसपूर्व सम्पन्न गरिएका शोधप्रतिवेदनको अध्ययन एवम् पूर्वकार्यको  आफ्नो वैयक्तिक चिन्तनमनन आदि कार्यका आधारमा आफूले गर्न थालेको शोधको निष्कर्षको सम्बन्धमा तयार गरेको पूर्वधारणा नै प्राक्कल्पना हो । प्राक्कल्पनालाई अनुसन्धान कर्ताले अध्ययनको मार्गदर्शनका लागि निर्धारण गरेको हुन्छ । त्यसैले प्राक्कल्पना अनुसन्धानको गोरेटोे हो ।

“प्राक्कल्पना समस्याको प्रस्तावित उत्तर हो ।”—टाउसेन

अनुसन्धानको भाषामा भन्ने हो भने प्राक्कल्पनाका आधारमा नै चलहरूका बीचको सम्बन्ध ठीकठीक रूपमा मापन गर्ने गरिन्छ । प्राक्कल्पना निर्धारण गरिएको छ भने अध्ययनमा तिनको परीक्षण गर्नैपर्छ । विनापरीक्षण प्राक्कल्पनाको कुनै महङ्खव हँुदैन । अतः सबै अवस्थामा प्राक्कल्पना निर्धारण गरिएको हँुनैपर्छ भन्ने छैन । परीक्षण गर्न सकिने स्थितिमा मात्र प्राक्कल्पना आवश्यक हुन्छ ।

प्राक्कल्पना परीक्षण सांख्यिकी प्रविधिबाट मात्र गरिने हुँदा सांख्यिकी प्रयोग नहुने तथा सांख्यिकी प्रयोग नसकिने अवस्थामा प्राक्कल्पना निर्धारण गरिराख्नु आवश्यक छैन । प्राक्कल्पना शून्य र वैकल्पिक दुई प्रकारका हुँने कुरा यहाँ स्मरणीय छ । तर वैकल्पिक प्राक्कल्पनालाई पनि शून्य प्राक्कल्पनाकै प्रविधिले परीक्षण गरिने हँुदा अध्ययनमा प्रायः शून्य प्राक्कल्पनालाई नै प्राथमिकता दिइन्छ । फेरि शून्य प्राक्कल्पना अस्वीकृत भएको अवस्थामा वैकल्पिक प्राक्कल्पना स्वतः उपस्थित भइहाल्ने मान्यता रहेकाले पनि शून्य प्राक्कल्पनालाई नै महङ्खव दिने गरिएको प्रतीत हुन्छ ।

प्राक्कल्पना आवश्यक नहुने वा परीक्षण गर्न नमिल्ने अध्ययनहरू प्राक्कल्पनाको साटो अवधारणा राख्ने चलन पनि छ । अबधारणा भने राख्न पनि र नराख्न पनि सकिन्छ । राखे पनि त्यसको परीक्षण आवश्यक हँुदैन । प्राक्कल्पना शोधार्थीको पढाइलेखाइ, सामान्य ज्ञान, अनुभव, कला, साहित्य, दर्शन, आदिको अध्ययनबाट जन्मेका अवधारणाबाट पनि प्राक्कल्पना निर्माण हुन सक्छ । कुनै खास प्रागिक समस्याको पहिचान हुनासाथ पूर्वअध्ययन एवम् आफ्नै ज्ञान अनुभवसमेतको आड लिई शोधार्थीले सो शोध समस्याको सम्भाव्य समाधानका रूपमा जेजस्तो पूर्व धारणा बनाएको हुन्छ त्यसैलाई प्राक्कल्पना भनिन्छ । यसको प्रत्यक्ष सम्बन्ध शोध समस्या र शोध उद्देश्यसँग रहेको हुन्छ । शोधप्रस्तावमा जुन शोधसमस्या शोधउद्देश्यको कथन गरिएको हुन्छ त्यसैसँग सापेक्षित तुल्याई प्राक्कल्पनाको कथन गर्नुपर्छ । प्राक्कल्पना शोधसमस्याको प्रस्तावित वा अस्थायी समाधान हो । शोधका क्रममा सम्बन्धित सम्पूर्ण तथ्यहरूको विश्लेषणबाट यसको सत्यापन वा खण्डन पनि हुन सक्छ ।

४.अध्ययनको औचित्य

यसलाई अध्ययनको महङ्खव र उपयोगिताको दृष्टिले पनि हेरिन्छ । पूर्वकार्यको खोज तथा समीक्षा गरिसके पछि प्रस्तुत शोधकार्यको औचित्य स्पष्ट हुन्छ । शोधशीर्षक चयन गर्ने क्रममा गरिएका अध्ययन मनन् तथा छलफल आदिबाटै शोेधकार्यको महङ्खव एवम् औचित्य स्पष्ट भइसकेको हुन्छ । यसअन्तर्गत सम्बन्धित शोधकार्यका प्राज्ञिक तथा अनुसन्धानात्मक आवश्यकता र उपयोगितामाथि प्रकाश पार्नुपर्छ र आफ्नो शोधकार्य सम्पन्न भइसकेपछि त्यसबाट ककसलाई कुनकुन पक्षमा केकस्तो लाभ,उपलब्धि वा सहयोग पुग्ने हो सोको तर्कपूर्ण उल्लेख गरिनुपर्दछ ।

५.पूर्वकार्यको समीक्षा

शोधप्रस्तावमा आफ्नो अध्ययन क्षेत्रसँग सम्बधित विषयमा त्यसपूर्व कुनकुन सङ्घ, संस्था वा महाविद्यालय, विश्वविद्यालय अथवा निकायबाट कुन व्यक्तिले कुन विधि अपनाएर के कति काम गरेको छ अब त्यस शीर्षकसँग सम्बन्धित प्रश्न वा समस्या के कति बाँकी छन् र गर्नुपर्ने काम केके बाँकी छन् भन्ने विषयको सर्वेक्षण र अध्ययन शोधार्थीले शोधप्रस्ताव लेख्दा गरिसकेको हुनुपर्छ यसलाई समयक्रमका आधारमा वा कथ्य विषयका आधारमा प्रस्तुत गर्न सकिन्छ । समयको क्रम मिलाई एकपछि अर्को गरी प्रस्तुत गर्ने प्रक्रिया समयक्रम प्रस्तुतिसँग सम्बन्धित हुन्छ विषयवस्तुका विविध पक्षलाई तार्किक अनुक्रम मिलाई गरिने प्रस्तुति हुन्छ । पूर्वकार्यको समीक्षा “अनुसन्धान नयाँ होस्, नदोहोरियोस् भन्नका लागि…..” समस्यालाई स्पस्ट पार्न अध्ययनविधिलाई सुधार गर्न तथा अनुसन्धान कर्ताको सम्बन्धित विषयको ज्ञानको क्षेत्रलाई फराकिलो पार्नसमेत –खनाल, २०६१ः ३२५) आवश्यक ठानिन्छ ।

नमुनाः पूर्णबहादुर सुनारले नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर तह दोस्रो वर्षको दसौं पत्रको प्रयोजनका निमित्त २०६५ सालमा योगेश्वर कार्कीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन शीर्षकमा शोधकार्य गरी शोधपत्र प्रस्तुत छ । जीवनीपरक समालोचना पद्धति अपनाएर गरिएको भए पनि उक्त शोध प्रतिवेदनमा थुपै्र कुराहरू आएका छन् ।

वास्तवमा पूर्वकार्यहरू अध्येताका मार्गदर्शकहरू हुन् । यिनका माध्यमबाट उसले यसअघि भएका कायहरूको जानकारी पाउने मात्र नभई आफूले तीभन्दा भिन्न के गर्नुपर्छ, अध्ययन गर्न खोजिएको विषय कति गम्भीर हो, उक्त विषय के कसरी तथा कति कति किसिमले अध्ययन गर्न सकिने रहेछ । अध्ययनका उल्लेखनीय क्षेत्र के के रहेछन् आदि विभिन्नबारेमा पनि उसलाई जानकारी हुन्छ ।

अर्को कुरा उसले गरेको पूर्वकार्यको समीक्षाबाट ऊ आफू स्वयम् विषयसँग कति छ, ऊ विषयवस्तुलाई कति प्रभावकारी र सफलता साथ ग्रहण र अभिव्यक्त गर्न सक्दछ भन्ने कुरा पनि शोधप्रस्तावको यसै खण्डमा स्पष्ट हुन्छ । साथै सैद्धान्तिक अवधारणा बसाल्न र सैद्धान्तिक ढाँचा निर्माण गर्नमा पनि पूर्वकार्यको अध्ययनले उल्लेखनीय भूमिका खेल्न सक्दछ ।

पूर्वकार्यको समीक्षा गर्दा एउटा कार्यको विवरण कम्तीमा एक अनुच्छेद र बढीमा २,३ अनुच्छेदसम्ममा प्रस्तुत गर्नुपर्छ (शर्मा,२०६१ः३८)। पूर्वकार्यको समीक्षामा अध्ययनकर्ता, शीर्षक, तिथि, मिति, अध्ययनको प्रयोजन, उद्देश्य, अध्ययन विधि तथा प्रमुख निष्कर्षहरूको उल्लेख हुनुपर्छ । त्यसपछि आफ्ना दृष्टिले उक्त अध्ययनमा देखिएका कमीकमजोरीहरूको उल्लेख हुनुपर्छ । अनि हरेक नयाँ कार्यको समीक्षा नयाँ अनुच्छेदबाट प्रारम्भ गर्नुपर्छ ।

६.अध्ययन विधि

यो खण्ड शोधप्रस्तावको अति महङ्खवपूर्ण खण्ड हो किनभने व्यवस्थित, र वैज्ञानिक, रूपमा अध्ययन गर्न खोजिएको, नखोजिएको कुराको यस खण्डबाट सजिलै अनुमान गर्न सकिन्छ । फेरि उद्देश्यको प्राप्ति अध्ययन विधिको उपयुक्तता र व्यवस्थिततामा नै निर्भर गर्दछ । सामग्रीसङ्कलन विधि को लागि पुस्तकालयीय अध्ययन पद्धतिलाई नै मूल आधार बनाइनेछ । योगेश्वर कार्कीको जीवनी र व्यक्तित्व पक्षको अध्ययनका सन्दर्भमा उनको पारिवारिक स्रोतबाटै धेरै भन्दा धेरै सामग्रीहरू जुटाइएको छ । अग्रजहरूद्वारा लिखित जीवनी, व्यक्तित्व र कृतित्वका सम्बन्धित शोधपत्र तथा कार्कीका पुस्तकाकार कृतिका अग्रभागमा रहेका लिखित भूमिका र मन्तव्यलाई पनि शोधकार्यमा सहायक सामग्रीका रूपमा लिइएको छ । त्यस्तै कृतित्व पक्षका लागि कार्कीका प्रकाशित पुस्तकाकार कृति र फुटकर लेख रचनाहरूको समेत अध्ययन गरिएको छ ।

अध्ययन तथा विश्लेषण विधि अनुसन्धानमा प्राप्त सामग्रीलाई वर्णनात्मक एवम् विश्लेषणात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यस क्रममा जीवनी र व्यक्तित्वको अध्ययनका लागि जीवनीपरक र प्रभावपरक पद्धति तथा कृतित्व पक्षको अध्ययनका लागि समीक्षात्मक तथा विश्लेषणात्मक पद्धतिको अवलम्बन र कार्कीको सिङ्गो साहित्यिक यात्रा, मोड तथा चरणगत प्रवृत्तिको भने कृतिका व्यक्त विचार, प्रवृत्ति र साहित्यकारको जीवन दृष्टिका आधारमा गरिएको छ ।

व्याख्या तथा विश्लेषण गर्ने पनि विभिन्न प्रविधिहरू छन्ः सामान्य वर्णन, सांख्यिकीय वर्णन, चित्रात्मक तथा ग्राफिक वर्णन आदि । यीमध्ये कुन कुन प्रविधि अपनाई तथ्यहरूको अध्ययन तथा विश्लेषण गरिने हो सो कुरा शोधप्रस्तावमा स्पष्ट पारिनुपर्दछ । शोधका निम्ति सामग्री सङ्कलन गर्दा उपयोग गरिने विधि मुख्यत चार प्रकारका छन्ः पुस्तकालयीय विधि, क्षेत्रीय विधि,प्रयोगशालीय विधि र नमुना छनोट विधि । नेपाली साहित्य विषयक शोधका निम्ति सामग्रीसङ्कलन गर्दा प्रगोगशालीय विधिबाहेक अरू तीनवटा विधिहरूको उपयोग आवश्यकतानुसार गर्न सकिन्छ ।

७. अध्ययन समय

अध्ययनका लागि लाग्ने अनुमानित समय पनि शोधप्रस्तावमा उल्लेख गर्न सकिन्छ । सो समयलाई कार्ययोजनाका रूपमा पनि प्रस्तुत गर्नु अझ बढी उपयुक्त हुन्छ । यसो गर्नाले उपलब्ध समयलाई निश्चित कार्यका लागि वितरण गरी तोकिएको समयभित्र तोकिएका कार्यहरू सम्पन्न गर्न सजिलो हुन्छ । परियोजनामूलक अनुसन्धानमा तोकिएको समयभित्र अनुसन्धान कार्य सम्पन्न गरिसक्नुपर्ने भएकोले विवरण पनि सम्बन्धित निकायमा पेसगर्दै जानुपर्छ । अध्ययन खर्चको पनि उल्लेख गर्नुपर्छ । सो बजेटमा पारिश्रमिक, फिल्डकार्य, सन्दर्भ सामग्री, लाग्ने खर्चको बाँडफाँड उल्लेख गर्नुपर्छ ।

८.शोधकार्यको सीमाङ्कन

शोधकार्य ज्यादै फैलिएको, छरिएको, विस्तृत र विषय शीर्षकले ओगट्ने जति सम्पूर्ण पक्षको अध्ययन गर्न सम्भव हुँदैन । अध्ययन कर्ताले सीमित क्षेत्र र सीमित पक्षमा केन्द्रीत भएर अध्ययनलाई अघि बढाउने सुर गरेको हुन्छ । त्यसैले अध्ययन कुन कुन कुरामा मात्र केन्द्रित छ भनेर उल्लेख गरिदिनु अनुसन्धानकर्ताको कर्तव्य हो । यसरी उक्त शोधकार्य अपूर्ण नै रहने वा पूर्ण भए पनि दसौं वर्ष लाग्ने स्थिति हुन सक्छ । अर्को तर्फ त्यस्तो शोधकार्य सूक्ष्म र विशिष्टीकृत पनि नहुन सक्छ । यसैले शोध शीर्षकले लिने क्षेत्रगत आयाम छोटो छरितो र चुस्त हुने गरी त्यसलाई सीमाङ्कन गर्नु पदर्छ । शोधप्रस्तावमा निम्न नमुनानुसार सीमाङ्कन गर्नु पदर्छ । प्रस्तुत शोधकार्य कार्कीको जीवनी, व्यक्तित्वको अध्ययनमा सीमित रहनेछ । यहाँ उनका जीवनका आरोहअवरोह एवम् व्यक्तित्वका विविध आयामलाई स्पष्ट पार्दै उनका कृति र फुटकर रचनाहरूको अध्ययन गरिएको छ।

प्रस्तुत  शोधकार्यमा कार्कीको जीवनी, व्यक्तित्व र कृतित्वको सर्वेक्षणात्मक अध्ययन मात्र गरिनेछ । अध्ययनको सीमा पहिले नै तोकिदिनाले अध्ययन विशिष्ट पनि हुने र कसैले तैंले यो गरिनछस् र त्यो गरिनछस् भन्न पनि नपाउने हुन्छ ।

९¬.अध्याय योजना

यसअन्तर्गत समग्र अध्ययनको प्रतिवेदनलाई कति परिच्छेद वा अध्यायमा प्रस्तुत गरिने हो, कुन अध्यायमा कुन शीर्षक रहने, प्रतिवेदनको क्रम कस्तो हुने आदि कुरा उल्लेख गर्नुपर्छ । शोधप्रस्तावको अन्त्यमा सो प्रस्ताव तयार गर्दा उपयोग गरिएका सन्दभहरूको सूची प्रस्तुत गर्नुपर्दछ । सो सूची प्रचलित अनुसन्धानात्मक ढाँचामा प्रस्तुत गर्नुपर्दछ । अन्य थप परिशिष्टमा राखिन्छ ।

१०.शोधपत्रको रूपरेखा

प्रस्तुत शोधपत्रको संरचनालाई सन्तुलित एवम् व्यवस्थित ढङ्गले प्रस्तुत गर्ने सन्दर्भमा निम्नाअनुसार पाँच परिच्छेदमा विभाजन गरिएको छ ः

परिच्छेद एक ः शोधपत्रको परिचय

परिच्छेद दुई ः योगेश्वर कार्कीकोे जीवनी

परिच्छेद तीन ः योगेश्वर कार्कीको व्यक्तित्व

परिच्छेद चार ः योगेश्वर कार्कीको कृतित्वको अध्ययन

परिच्छेद पाँच ः उपसंहार

सन्दर्भसामग्रीसूची

अधिकारी, हेमाङ्गराज र बद्रीविशाल भट्टराई(सं.),(२०६१),प्रयोगात्मक नेपाली शब्दकोश, काठमाडौंः विद्यार्थी प्रकाशन 

ओझा,रामनाथ र मधुसूदन गिरी(२०५८),शोध,सिर्जना र संस्कृतकाव्यशास्त्र, काठमाडौंः न्यू हिरा बुक्स इन्टरप्राइजेज ।

खनाल, पेशल (२०६०), शैक्षिक अनुसन्धान पद्धति, काठमाडौंः स्टुडेन्ट्स बुक्स ।

बन्धु, चूडामणि (२०५५), अनुसन्धान तथा प्रतिवेलन लेखन, काठमाडौंः रत्न पुस्तक भण्डार ।

शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइँटेल(२०५५),शोधविधि, ललितपुरः साझा प्रकाशन ।

सुनार, पूर्णबहादुर(२०६२),योगेश्वर कार्कीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन, एम.ए. अप्रकाशित शोधपत्र, त्रिभुवन विश्वविद्यालय ।

तपाईको प्रतिक्रिया