“सुरक्षित सुत्केरी गराउन चार घण्टा हिड्नुपर्छ”

    फाईल तस्वीर
जाजरकोट, १२ माघ । जिल्लाको बारेकोट गाउँपालिका ३ मुल्सामका स्थानीय महिला अहिले पनि सुरक्षित सुत्केरीको पहुँच भन्दा बाहिर छन् । भौगोलिक विकटताका कारण त्यस क्षेत्रका स्थानीय महिलाहरु सुरक्षित सुत्केरीको पहुँच भन्दा बाहिर रहदैँ आएका हुन् ।

हुने खानेका परिवारहरुले सुत्केरी गराउन एक महिना पहिले खलंगा, सुर्खेत र नेपालगञ्ज लिने गरेका छन । तर विपन्न तथा गरिव परिवारहरु भने गाउँमै सुत्केरी गराउन बाध्य छन । गत पुस ५ गते धनवीर नेपालीको श्रीमति सुनिता विकलाई सुत्केरी वेथाले च्याप्यो । नजिकै स्थास्थ्य संस्था थिएन, पैदल चार घण्टा हिडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा लगियो ।

\तर अस्पताल पुग्न नपाउँदै विच बाटोमै छोरीको जन्म दिईन । धनवीरलाई श्रीमती र बच्चा सम्हालन साह्रै गाह्रो भएको अनुभव सुनाए । उनले भने, ‘मेरो श्रीमति विच बाटोमा सुत्केरी भईन्, समान्य तरिकाले छोरीलाई जन्माईन, ‘यदि समस्या भएको भए मेरी श्रीमतिको ज्यान जाने थियो ।’ ‘गाउँमा अस्पताल छैन, भएको स्वास्थ्य क्लिनिकमा उपचार हुदैन् यहाँका धेरै महिलाहरु मृत्युको मुखमा छन् उनले थपे ।’

सोही गाउँकी कविता नेपालीलाई पनि गाउँका दुईचार जना यूवाले स्टेचरमा बोकेर स्वास्थ्य चौकीमा लगे । चार घण्टा हिडेर स्वास्थ्य चौकीमा पुगे । एक रातभरी अस्पतालको बसाईपछि छोराको जन्म दिईन । भोलीपल्ट फेरी स्टरमा बोकेर गाउँमा यूवाले पु¥याए । सुनिता र कविता एक उदाहरण पात्र मात्र हुन् ।

गाउँमा रहेका १ सय १९ घरधुरीका नागरिकहरु स्वास्थ्यको समस्या झेल्दै आएका छन् । सुरक्षित सुत्केरी गराउने देखि समान्य सिटामोल किन्ने पनि घण्टौँ हिड्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश पहाडीले जानकारी दिए । उनले भने, “गाउँमा अस्पपता छैनन्, एउटा किल्निक मात्रै हो उपचार पाउन गाह्रो हुन्छ । यहाँका नागरिकहरु उपचार नपाई मर्ने अवस्था छ ।”

वडा नं ३ भौगोलिक विकटताका कारण स्वास्थ्य, शिक्षा, यातायात लगायतका क्षेत्रमा पछि नै रहेको वडाध्यक्ष मनबहादुर शाहीले बताए । उनले भने, ‘अव वडा गाउँपालिकामा यहाँका जनतालाई मध्यनजर गर्दै अस्पताल निर्माणका लागि पहल गरिरहेको छु ।’ बारेकोट गाउँपालिका भित्रका महिलाहरुमा अहिले सम्म पनि घरमा सुत्केरी हुने परम्पराको अन्त्य भएको छैन ।

भौगोलिक विकटता, अशिक्षा, गरीव र पछ्यौटेपनका कारण यहाँका महिलाहरुको अवस्था निकै नाजुक बनिरहेको छ । मुल्साम, पछेउरी, रुमसिल, धुमा,ताँसी लगायतका महिलाहरु भौगोलिक विकटताका कारण अस्पताल सम्म नपुगेर अकालमा ज्यान गुमाउन बाध्य रहेको स्थानीय धनजीत नेपालीले बताए । स्थानीय सरकारले जनताको आवश्यकतालाई बुझि काम गर्ने हो भने यस क्षेत्रको समस्या हल हुन्थ्योकी ?

तपाईको प्रतिक्रिया