खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी तीन बर्षे रणनीति


जाजरकोट, १२ माघ । खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि तीन बर्षिय स्थिति प्रतिवेदन सहितको रणनीति निर्माण गर्न जाजरकोटमा ६ सदस्य कार्यदल गठन गरिएको छ ।

जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको आईबार बसेको तेस्रो बैठकले उक्त कार्यदल गठन गरेको हो । कार्यदलको संयोजकमा राजेन्द्र विक्रम शाह रहेका छन् भने, अन्य सदस्यहरुमा लोकेन्द्रराज बोहरा, कर्णबहादुर खत्री, सहदेव बस्नेत र मोति वली रहेका छन् ।

कार्यदलको सदस्य सचिबमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयमा कार्यरत लमबहादुर खड्का रहेका छन् । जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको बैठकले भेरी नगरपालिकाको बजार क्षेत्रभित्र सरसफाई कायम राख्न वडा नं. ३ को ठाँटी बजार स्थित नेपाल रेडक्रस सोसाईटीको कार्यालय अगाडी र वडा नं. ४ को शान्तिचौरा बसपार्क स्थित

लक्ष्मी बैंक नजिकै हातधुनलाई दुई वटा ड्रम राखी पानी र साबुनको व्यवस्था गर्ने निर्णय भएको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोट प्रमुख ज्वालाराज शाहीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया