नेपाललाई हिन्दुरास्ट्र र राजसंस्था सहितको शासनब्यबस्थामा लिन्छौं – पुरी

सुर्खेत – राप्रपाका प्रभावशाली नेता कबिराम पुरीले अहिलेको सरकार असफल भएका कारण प्रतिनिधिसभा विघटन भएको बताएका छन् ।

केन्द्रिय कार्यसम्पादन समिति सदस्य रहेका पुरीले नेपालको सनातन धर्मलाई मास्नेहरुलाई असफल बनाउने उद्घोष गरेका छन् ।

राप्रपाले माघ १७ गते सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा बृहत् कार्यक्रम गर्दैछ ।

नेपालमा रास्ट्रपतिले अभिभावकको भुमिका निर्वाह गर्नुहो साटो एउटा पार्टी र त्यसमा पनि गुटको अभिभावक भएको उनको आरोप छ ।

https://youtube.com/watch?v=hHUbG4Ap0-k&feature=share

युवाहरूलाई राप्रपामा आवद्ध भएर नेपालको मौलिक पहिचान सहितको प्रजातान्त्रिक राज्यब्यबस्था ल्याउन संघर्ष गर्न समेत उनले अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया