घाटा हुनेभएपछि गुगलले बन्द गर्‍यो बेलुनबाट इन्टरनेट सेवा प्रदान गर्ने योजना

काठमाडौं । गुगलको अभिभावक कम्पनी अल्फाबेटले अघि सारेको लुन (बेलुनबाट इन्टरनेट सेवा प्रदान गर्ने) योजना बन्द गरेको छ ।निकै नै दुर्गम क्षेत्र जहाँ यातायत, पूर्वाधार लगायतका कुराहरुको कमी छ खासगरी एसिया र अफ्रिकाका दुर्गम क्षेत्रमा टावर र अन्य पूर्वाधारको सट्टा आकासमा बेलुन उडाएर त्यस्तै मार्फत लामो समयसम्म इन्टरनेट सेवा प्रदान गर्न एक्स बिजनेस अन्तर्गत अल्फाबेटले यो योजना अघि सारेको थियो ।

यसै योजना अन्तर्गत रहेर केन्या र एकदुई अन्य देशमा गुगलले यसको सफल परीक्षण गरी सेवा समेत विस्तार गरिसकेको छ । तर, यो परियोजनबाट ठूलो घाटा भएको र यसले भविष्यमा पनि कम खर्चमा सेवा दिन नसक्ने देखिएको भन्दै गुगले यो योजनालाई पूर्णरुपमै बन्द गरेको हो ।

लुन प्राजेक्टका सीईओ एलिस्टेयर वेस्टगारथले चार वर्षअघि आफु यो प्राजेक्टमा सहभागी हुँदा सोचेको भन्दा बढी जोखिम देखिएको बताएका छन् ।

उनले यो योजनाबाट दिइने सेवाका लागि धेरै खर्च र जोखिम देखिएका कारण योजनाको काम निकै अघि पुगिसकेको अवस्थामा पनि बन्द गर्न बाध्य भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया