२४ घण्टामा ३०२ संक्रमित थपिए, ४८० कोरोनामुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा शुक्रबार थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय ४८ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४८० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ६ सय १४ छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ३५ हजार ३ सय १ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ५८ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ७ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९८६ जना रहेको छ ।

तपाईको प्रतिक्रिया