कोरोना रोकथाममा भेरी नगरपालिकाको खर्च ः १ करोड ४४ लाख ८७ हजार

No description available.
जाजरकोट, ९ माघ । जिल्लाको भेरी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न आर्थीक बर्ष २०७६÷०७७ मा रु १ करोड ४४ लाख ८७ हजार ६ सय ९८ रुपैयाँ खर्च गरेको छ । सुन्दर नेपाल जाजरकोट शाखाले गरेको सर्वेक्षण अनुसार राहत सहित विभिन्न शीर्षकहरुमा सो रकम खर्च भएको गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार राहत वितरण १८ लाख, गर्भवती महिला भिडियो एक्सरे २ लाख ८४ हजार ४ सय ६, क्वारेन्टाईन खर्च ३६ लाख ४० हजार ३ सय ८५, स्वास्थ्य सामग्री खरिदमा ४८ लाख ५० हजार १६, क्वारेन्टाईमा आवश्यक चिकित्सा समान खरिद १ लाख ७६ हजार ९ सय ८०, कोरोना प्रभावित परिवारलाई राहत १ लाख ७६ हजार ९ सय ८० विविध खर्चमा ३ लाख ५० हजार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

USAID/fhi 360  आर्थीक सहयोग तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा भेरी नगरपालिकाले कोरोना भाइरस रोकथाममा गरेको खर्चको विषयमा सोधखोज सर्वेक्षण प्रतिवेदन आदाप्रदान भएको सुन्दर नेपाल जाजरकोटका कार्यक्रम संयोजक जितेन्द्र वुढाले जानकारी दिए ।

नगरपालिका भित्र कोरोनाको वेला नगरपालिकाकाले गरेको कामका विषयमा नगरपालिका भित्रका नागरिकको जिज्ञासालाई प्रतिवेदन मार्फत प्रस्तुत गरिएको बुढाको भनाई छ । प्रतिवेदन प्रस्तुत कार्यक्रममा भेरी नगरपालिकाका कर्मचारी, जिल्ला स्थित पत्रकार, नागरिक समाज लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । विगत लामो समय देखि पारस्परिक जवाफदेहिता सम्बन्धी संस्थाले काम गर्दै आएको छ । शुसासन, पार्दशिता, निष्पक्षतामा काम गरिरहेको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया