८ माघ २०७७, बिहीबार

जाँडले मात्तेका प्रधानध्यापक, मदिरा पिएर स्कुल जान्छन्, पढाउँदैनन् बेन्चमै सुत्छन्

 जाजरकोट, ८ माघ । धेरैजसो मानिसहरु जब दुःखी हुन्छन् तब रक्सी पिउँछन्, उनीहरु खुसी हुँदा पनि पिउने भनेको रक्सी नै हो । साथीभाइसँगको जमघटमा रातभरी पार्टी गर्छन्, त्यतिबेला पनि रक्सी नै पिउँछन् ।

तर जनता प्राथमिक विद्यालय भेरी नगरपालिका २ पुरानो रिसाङका प्रधानध्यापक गणेश रोकाय विद्यालय समयमा नियमित रक्सी पिउँछन् । रक्सी खाएर विद्यार्थी बस्ने ठाउँमा सुत्छन् । त्यही वान्ता गर्छन, त्यतै पिसाव समेत गर्ने गरेका छन । प्रधानध्यापकलाई विच बाटोमा सुतेको देख्दा त्यहाँका अभिभावक केटीकेटीको भविष्य पनि यस्तै होला भनेर चिन्ता गर्छन ।

विद्यालयमा जाँदै जाँदैन, गएपनि रक्सीले मातेर जान्छन् कसलाई के बोल्नुपर्छ त्यो पनि थाहा पाउँदैनन् । विद्यार्थीलाई नियमित लाईनमा लट्टीले हिर्काउने गर्छन नाम नखुलाउने सर्तमा एकजना विद्यार्थीले दुःख पोखे । प्रधानध्यापकले यस्तो हर्कत देखाउन थालेको धेरै भईसकेको छ । तर सम्बन्धी निकाय रमिता देखाएर बसिरहेको देखिन्छ ।

२०७१ साल देखि प्रधानध्यापकको यस्तो व्यवहारले विद्यालयका अन्य शिक्षक पनि दिक्क मानेर बसिरहेका छन । विद्यालयका अभिभावक दलबहादुर पुनले भने, ‘शिक्षकलाई कारबाहीको माग गर्दै नगरपालिकामा निवेदन दियौँ, नगरपालिका बाट निवेदनको सुनुवाई भएन, ‘हाम्रा नानीवावुको भविष्य माथी खेलवाडा नगर्नुहोस् भन्ने सम्म भनियो ।’ ‘तर जाँडले मातेको सरले हाम्रो आग्रहलाई स्वीकार्न सकेनन्, ‘अहिले विद्यालयको अवस्था नाजुक बनेको छ ।’

अभिभावकहरुले प्रधानध्यापकको हर्कत देखेर उनीहरुले उनलाई तह लगाउने विद्यालय व्यवस्थापन समिती निर्माण गरे । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेकबहादुर खड्कालाई बनाईयो । ‘प्रधानध्यापकले विद्यालय व्यवस्थापन समितीको कुरा समेत सुन्दैनन् । ‘कारबाहीको माग गर्दै नगरपालिका सम्म पुगेका छौँ, ‘तर नगरपालिकाले खासै हाम्रो गुनासो सुन्दैन् ।’

‘निवेदन बोकेर नगरपालिका सम्म गएका छौँ हुन्छ मात्र भन्छ नगरपालिका शिक्षकलाई तह लगाउने प्रयासमा देखिएको छैन विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खड्काले भने ।’ भेरी नगरपालिका २ का वडाध्यक्ष कालीबहादुर वलीको कानमा यो कुरो धेरै पटक पुगिसकेको छ । ‘विद्यालयका प्रधानध्यापकलाई बाहिर निकाल्दै राम्रो होला, ‘किनकी विद्यालयमा दायाँ वायाँ गर्ने, गलत कार्य नै छ ।’

‘विद्यालयमा पिसाव गर्ने, धेरै दिन सम्म पनि विद्यालयमा आएका छैनन उनले भने ।’ नगरपालिकाले विद्यालयलाई अपमान गरेको समेत बताए । गत बर्ष नै तह लगाउन निर्णय गरेको तर नगरपालिका मुखदर्शक बनेर बसेको उनको भनाई छ ।

विद्यार्थीको छात्रवृत्रि स्वाँ
विद्यालयमा पढ्ने दलित, जेहेन्दार, छात्राहरुले अहिले सम्म छात्रवृत्रि नपाएको गुनासो गरेका छन । सरकारले प्रदान गर्ने गरिव जेहेन्दार छात्रवृत्रि प्रधानध्यापकले हिनामिना गरेको विद्यालयका विद्यार्थीहरुले बताएका छन ।

तीन चार बर्षपछि छात्रवृत्रि वितरण गर्ने, छात्रवृत्रि कहिले पाइन्छ भन्दा आएको छैन भन्ने गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिए । विद्यार्थीको छात्रवृत्रि समेत जाँड रक्सी खानमा प्रयोग गर्ने गरेको विद्यार्थीको आरोप छ ।

प्रमाण अभावले कारबाही भएन ः शिक्षा शाखा
भेरी नगरपालिकाको शिक्षा शाखाले प्रमाण अभावले कारबाही नभएको बताएको छ । शिक्षा शाखा प्रमुख अमृत पुनले भने, ‘हामीले सुन्ने मात्र गरेका छौँ तर कारबाही गर्ने कुनै खालको प्रमाण छैन ।’ ‘प्रमाणका लागि रक्सी खाएको वेला प्रहरी चौकीमा खबर गर्नुहोस् अनि प्रमाण जुट्छ भनेका छौँ ।’ ‘स्थानीय अभिभावकले त्यस्तो खालको भुमिका निर्वाह गर्न सकेको देखिदैन, ‘हामी संग प्रमाण लिएर आउनुहुन्छ कसरी कारबाही गर्न हामीले उनले थपे ।’

‘अव विद्यालयमा अन्तिम विकल्प छ उनलाई प्रधानध्यापक बाट हटाउने र नयाँ शिक्षक राख्ने, अनि उनलाई त्यहाँ बाट सरुवा गर्ने ।’ नगरपालिकाको कार्यपालिकाको निर्णयले जागिर खान पनि सक्छ उनले बताए । यता प्रधानध्यापक रोकायलाई टेलिफोन सम्पर्क गर्न खोज्दा आजभाली मोबाइल प्रयोग गर्न छाडेको स्थानीय बताउँछन् ।