चितवन । चितवनको रामनगरमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा ११ बजे काठमाडौंबाट आउदै गरेको बा.१च ७८३ नम्बरको पर्यटक बसले सोही दिशातर्फ आउँदै गरेको लु२ख ३३०५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परि बसमा सवार २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २० यात्रु घाइते भएका छन् । मृतकको अहिलेसम्म परिचय खुल्न सकेको छैन । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
















































। ३ माघ २०७६, शुक्रबार