सल्यानकी पुष्पाले जितिन् बंगलादेशमा स्वर्ण पदक

 सल्यान, २७ पुस । नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्दिन म्याराथनको उपाधि हात पारेकी छन् । सल्यानकी पुष्पाले साउथ एसियन क्याटेगोरीतर्फ फुल म्याराथनको निर्धारित दुई घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक हात पारेकी हुन्।

विभागीय टोली सशस्त्र प्रहरी (एपिएफ)की खेलाडी उनले गत वर्ष नेपालमा भएको १३औं सागमा दुई घण्टा ५० मिनेट ११ सेकेन्डको कीर्तिमान बनाएर रजत पदक जितेकी थिइन् । सल्यानको शारदा नगरपालिका–१४ माल्नेटाकी पुष्पा तीन वर्षअघि विभागीय टोली एपिएफमा संलग्न भएकी हुन् ।

तपाईको प्रतिक्रिया