
जाजरकोट, २५ पुस । ओली समुहको नेकपा जाजरकोटको अगुवा भेला तथा कार्यकर्ता भेटघाट कुशेमा सम्पन्न भएको छ । कुशे गाउँपालिकाको केन्द्र भाम्र्रामा संयोजक जयबहादुर विकको अध्यक्षतामा सम्पन्न भएको हो ।

अगुवा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा केन्द्रिय सदस्य रत्नप्रसाद शर्मा, कौशिलावति खत्री, लालबहादुर महतारा, डम्बर बहादुर सिहं र चन्द्रप्रकाश धर्ती लगायतका ओली समुहका नेताहरुको उपस्थिती रहेको ओली समुहका नेता गोपाल नेपालीले जानकारी दिए । भेला तथा कार्यक्रममा १० जना भन्दा बढीले ओली समुहमा प्रवेश गरेका छन ।

पछि संसद विघटनपछि जाजरकोटमा नेकपा दुई धारमा बाँडिएको छ । प्रचण्ड नेपाल समुहले जिल्ला विभिन्न ठाउँमा अगुवा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । सात वटै स्थानीय तहमा ओली समुहले कार्यक्रम तय गरेको छ ।
















































। २५ पुष २०७७, शनिबार