जाजरकोट, २६ पुस । जिल्लाको बारेकोट गाउँपालिकाले गाउँपालिकाको भवन सहित ६ वटा वडा कार्यालयका भवन निर्माण गरेको छ । भवन निर्माण भएपछि पालिका र वडालाई दैनिक सेवा प्रवाह गर्न सहज भएको बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाहीले जानकारी दिईन ।
गाउँपालिकाको केन्द्र लिम्सामा १ करोड ५० लाख लागतमा गाउँपालिकाको भवन निर्माण गरेको शाहीले बताईन् । वडा १ को रामीडाँडा, ३ को मुल्साम, ४ को जिरी, ६ को घर्तीगाउँ, ७ को स्याला र ९ को सक्लामा वडा कार्यालय भवन निर्माण भएका छन् भने वडा नम्बर २, ५ र ८ को वडा भवन निर्माणको काम भईरहेको छ ।
तीन बर्षदेखि स्थानीयको घर भाडामा लिएर दैनिक कामकाज सन्चालन गर्दै आएको बारेकोटले अहिले आफ्नै भवनबाट दैनिक सेवा दिन थालेको छ । भवन बनेपछि सहजता आउनुको साथै स्थानीयलाई सहज सुविधा दिने गरेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहले जानकारी दिए ।आफ्नै भवन बनेपछि अहिले धेरै सहज भएको वडा नं. ९ का वडाध्यक्ष शसीराम गौतमले बताए । जिल्लाका अधिकांस स्थानीय तहले भाडाकै घरबाट सेवा दिदै आएका छन् ।
















































। २६ पुष २०७७, आईतवार